global ime bank Long Banner Ad

गृहपृष्ठ पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथनको उपाधि सुमन कुलङलाई

पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथनको उपाधि सुमन कुलङलाई

पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथनको उपाधि सुमन कुलङलाई

चौँथो संस्करणको पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथनको उपाधि सोलुखुम्बुका सुमन कुलङ राईले जितेका छन् । उपाधीसँगै उनले नगद ५० हजार जितेका छन् । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको चार हजार २ सय मिटर उचाईको पाँचपोखरीमा सम्पन्न प्रतियोगितामा कुलुङले निर्धारीत दुरी १ घण्टा ५५ मिनेट ५२ सेकेण्ड मा पुरा गर्दै पहिलो भए ।

दोश्रो र तेश्रो स्थानमा आर्मीका गोपाल तामाङ र श्रीकास राईले क्रमश २ घण्टा २९ सेकेण्ड र २ घण्टा १ मिनेट ४० सेकेण्डमा दौड पुरा गर्दै नगद ३० हजार र २० हजार हात पारेका छन् । चौथो र पाँचौ स्थान अर्जुन कुलुङ र तीर्थ तामाङले जितेका छन् । महिलातर्फ धादिङका रसिला तामाङ पहिलो भइन् । उनले २ घण्टा ४४ मिनेट ४३ सेकेण्डमा दौड पुरा गरिन् । उपाधिसँगै उनले नगद ५० हजार पारिन् । सिन्धुपाल्चोकका नितु तामाङले निर्धारीत दुरी २ घण्टा ४६ मिनेट २५ सेकेण्ड मा दौड पुरा गर्दै दोश्रो स्थान प्राप्त गरिन् । तेश्रो, चौँथो र पाँचौ स्थान क्रमश प्युठानका संगिता बुढामगर, आश्मा बिश्वकर्मा र निर्मला राईले हात पारे । त्यस्तै सिन्धुपाल्चोकका सहभागितर्फ पुरुषमा संच तामाङ र महिलामा नितु तामाङले पहिलो स्थान हात पारेका छन् भने भेट्रान पुरुषतर्फ गोर्खाका भिम बहादुर गुरुङ र महिलामा राधा श्रेष्ठ पहिलो भएकी छन । प्रतियोगितामा सहभागी खेलाडीको हौसला बढाउन यसियाली म्याराथनका स्वर्ण विजेता बैकुण्ठ मानन्धरले पनि दौडमा सहभागिता जनाएका थिए ।

जिल्लाको थाङपाल गाउँपालीकाको रैथानेश्वरीदेखि सुरु २१ किलोमिटरको म्याराथन ४ हजार २ सय मिटर उचाइको पाँचपोखरीबाट सुरु भएको हो । पर्यटन प्रवर्द्धनको लागि खेलकुद भन्ने मुल नाराका साथ स्वस्थ्य रहन खेलकुद र खेलकुदका माध्यमबाट पाँचपोखरीको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बागमती प्रदेश खेलकुद परिषद सदस्य सचिव सुर्यलाल भन्डारीले बताए । पुरुष तथा महिला म्याराथन विजेताहरुले क्रमश पचास हजार, तीस हजार, बीस हजार, दश हजारका साथ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए । जिल्लाकै गौरव बोकेको पर्यटकीय स्थल पाँचपोखरीलाई खेलकुदमार्फत जोडेर पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ म्याराथन आयोजना गरिएको गाउँपालिका अध्यक्ष टासी लामाले बताए । म्याराथनलाई आगामी वर्षहरुमा थप स्तरवृद्धि गर्दै अन्तराष्ट्यि स्तरको आयोजना गर्ने खेलकुल परिषदले जनाएको छ  ।

प्रकाशित समय : २०:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु