global ime bank Long Banner Ad

गृहपृष्ठ फिल्म ‘आशा’ घोषणा कार्यक्रममा प्राविधिकलाई ५१ हजारसहित सम्मान

फिल्म ‘आशा’ घोषणा कार्यक्रममा प्राविधिकलाई ५१ हजारसहित सम्मान

फिल्म ‘आशा’ घोषणा कार्यक्रममा प्राविधिकलाई ५१ हजारसहित सम्मान

काठमाडौं । नेपाली फिल्म ‘आशा’ निर्माण घोषणा गर्न आयोजना गरिएको समारोहमा पुराना प्राविधिक कमल मिश्रलाई नगदराशिसहित सम्मान गरिएको छ ।

विसं २०४६ मा प्रदर्शन भएको फिल्म ‘अन्याय’बाट भेषभूषा विभाग (ड्रेस म्यान)मा काम सुरु गरेका मिश्रलाई निर्मात्री शर्मिला थापा, निर्देशक राजिव गुरुङ र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले नगदराशि ५१ हजार रुपैयाँसहित दोसल्लाह ओढाए संयुक्त रूपमा सम्मान गरेका थिए ।

पछिल्लो समय क्यान्सर पिडित भएर निको भएपछि ड्रेसम्यान मिश्र पुनः काममा सक्रिए भएका छन् । सम्मान ग्रहण गर्दै मिश्रले निर्माण टिमलाई धन्यवाद दिए ।

उनले भने, ‘हामीलाई काम गर्दासम्म सबैले सम्झिनु हुन्छ, म विरामी भएको थिएँ । अहिले निको भएर फाट्टफुट्ट काम गर्दैछु, यो अवस्थामा मैले पाएको यो आर्थिक सहयोगले मेरो जीविकोपार्जनमा ठूलो मदत पुग्छ । म निर्माण टिम प्रति कृतज्ञ छु ।’

उनले उक्त सम्मानले आफ्नो जीविकोपार्जनमा मदत पुग्ने बताउँदै खुसी व्यक्त गरे । शर्मिला थापाको लगानीमा बन्न लागेको फिल्मको लेखन तथा निर्देशन राजिव गुरुङले गर्नेछन् । ११ जना बटुकद्वारा स्वस्तिवाचन गरिएपछि फिल्मको शीर्षक र कलाकार सार्वजनिक गरिएको थियो ।

फिल्म ‘आशा’ मा महेश त्रिपाठी, अञ्जना बराइली, सुशील सिटौला, शुशांक मैनाली, आशान्त शर्मा, केनिपा सिंह, कविता रेग्मीलगायत कलाकारको मुख्य अभिनय रहनेछ । आगामी साउनेसक्रान्तिदेखि छायांकन हुने फिल्म आगामी माघेसंक्रान्तिलाई लक्षित गर्दै माघ १ गते प्रदर्शन हुनेछ ।

फिल्ममा रामकुमार श्रेष्ठ सह–लेखक तथा मुख्य सहायक निर्देशकका रूपमा रहेका छन् । सुदाम सीके स्क्रिप्ट सुपरभाइजर तथा कास्टिङ निर्देशक हुन् । नरेन्द्र मैनालीको छायांकन, युग भुसाल र समीर खरेलको संगीत, किशोर आचार्यको साउन्ड डिजाइन, लोकेश बज्राचार्यको सम्पादन तथा सोनाली शिल्पकारको मेकअप तथा हेयर रहनेछ ।

त्यस्तै, शान्ति तामाङ सहायक निर्देशक, अरुण रेग्मी प्रोडक्सन हेड, रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट) पब्लिसिटी डिजाइनर तथा करण श्रेष्ठ (रिच इन्टरटेनमेन्ट) वितरकका रूपमा आबद्ध छन् ।

प्रकाशित समय : १८:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु