गृहपृष्ठ विधेयक माथिको सैद्धान्तिक छलफल जारी

विधेयक माथिको सैद्धान्तिक छलफल जारी

विधेयक माथिको सैद्धान्तिक छलफल जारी

विराटनगर । कोशी प्रदेशसभाको आज बसेको बैठकमा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफलले निरन्तरता पाएको छ ।

सैद्धान्तिक छलफलमा कोशी प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल, मैया श्रेष्ठ, राधाकृष्ण खनाल र शोभा चेम्जोङले भाग लिई विधेयक समय सापेक्ष भए पनि यसमा धेरै त्रुटी रहेकाले मस्यौदालाई संशोधन गर्नुपर्ने जिकिर गरे । संविधानले छुवाछूत र जातीय विभेदलाई अन्त्य गरे पनि हाम्रो समाजमा अझै यस्ता कूरीति विद्यमान रहेकाले दलित विधेयक समृद्ध र शक्तिशाली बनाउनुपर्ने उनिहरुको सुझाव थियो ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले आपत र विपद्मा परेका जनतालाई सरकारले सक्दो राहतको व्यवस्था गरेको बताए। कोशी प्रदेशसभामा शून्य समय र विशेष समयमा मन्त्रालयसँगको विषयमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उनले सरकारले प्रत्येक जिल्लाको जिल्ला विपद् कोषमा १० लाखका दरले रकम पठाइसकेको जानकारी दिए ।

मन्त्री शेर्पाले पीडित परिवारलाई राहत प्रदान गर्न पठाइएको रकम अभाव भएमा थप रकम पठाउने भन्दै सुनसरीको देवान्गञ्ज घटनामा परी मृत्यु भएका परिवारलाई राहत दिन जनही दुई लाख सम्बन्धित जिल्लामा पठाइसेको बताए । उनले विपद्का कारण मृत्यु भएका परिवारलाई जनही एक लाख र एउटै परिवारको दुई जनाको मृत्यु भएमा थप ५० हजार दिने प्रदेश सरकारले व्यवस्था गरेको जानकारी दिँदै विपद्बाट प्रभावित पाँच जनाको परिवारलाई २० हजार र सोभन्दा बढी भएमा थप पाँच हजार दिने जानकारी दिए।

शून्य समय

कोशी प्रदेशसभाका सदस्य मीना श्रेष्ठ र तारादेवी ढकालले शून्य समयमा विविध विषयमा बोल्नु भएको थियो । प्रदेशसभाको अर्को बैठक भदौ १० गते दिउँसो १ बजे बस्नेछ ।

प्रकाशित समय : २०:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु