गृहपृष्ठ सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता
सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता
काठमाडौँ । सुर्तीजन्य पदार्थको लत छुटाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालनमा ल्याएको हेल्पलाइन सेवा प्रभावकारी बन्दै गएको छ ।
हेल्पलाइनमार्फत परामर्श लिएका केही सेवनकर्ता सुर्तीजन्य पदार्थको लत त्याग्न सफल भएका उदाहरण छन् । मन्त्रालयले २०८२ जेठ १८ गते सुर्तीजन्य पदार्थको सेवन त्याग्न चाहनेका लागि ११३२ हेल्पलाइन सेवा सञ्चालनमा ल्याएको थियो । हालसम्म करिब ५०० जनाले उक्त सेवामार्फत निःशुल्क परामर्श लिएका छन् भने १३ जना सुर्तीजन्य पदार्थको लत त्याग्न सफल भएका छन् ।
हेल्पलाइनमा फोन गर्नेमा ८० प्रतिशत पुरुष रहेको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको तथ्याङ्कमा छ । बैतडीका ४० वर्षीय एक पुरुषले १८ वर्षदेखि खैनी र सुपारी सेवन गर्दै आएको थिए । दैनिक दुई प्याकेटसम्म खैनी सेवन गर्ने उहाँले सुर्तीजन्य पदार्थमा धेरै रकम खर्च भइरहेको र दमको समस्यासमेत देखिएपछि लत छुटाउने इच्छा गर्ेका थिए । रेडियो नेपालमा हेल्पलाइनसम्बन्धी सूचना सुनेपछि उनले निःशुल्क हेल्पलाइनमा फोन गरी परामर्श लिनुभयो । हेल्पलाइनबाट नियमित परामर्श पाएपछि लत छुटाउने प्रयासमा रहेको छन् ।
बाजुराका २५ वर्षीय एक युवाले चुरोट, गाँजा र सुर्ती सेवन गर्नुका साथै दैनिक १२ प्याकेटसम्म स्थानीय खैनी सेवन गर्ने गर्ेका थिए । टाउको दुख्ने, भोक नलाग्ने तथा स्वास्थ्यप्रति चिन्ता बढेपछि उनले लत छुटाउने प्रयास गर्े । हाल उनले नियमित परामर्शपछि पूर्णरूपमा सुर्तीजन्य पदार्थ सेवन बन्द गर्न सफल भएको छन् ।
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रकी निर्देशक डा राधिका थपलियाले हालसम्म यो हेल्पलाइन प्रभावकारी देखिए पनि सीमित परामर्शकर्ताले अपेक्षाकृत दिन नसकिएको बताए ।
“परामर्श लिएका व्यक्तिलाई छ महिनासम्म निरन्तर फलोअप गरिन्छ । सुरुमा एक–एक हप्ताको अन्तरालमा फलोअप गरी उनीहरूको अवस्था बुझ्ने र आवश्यक परामर्श दिने व्यवस्था गरिएको छ”, उनले भने ।
नेपालमा सुर्तीजन्य पदार्थको सेवनका कारण वार्षिक करिब ३९ हजार मानिसको मृत्यु हुने तथ्याङ्क छ । सुर्तीजन्य पदार्थको सेवन नसर्ने रोगको प्रमुख जोखिम कारकमध्ये एक मानिन्छ ।
पछिल्लो समय बजारमा परम्परागत चुरोट, खैनी र गुट्खाका अतिरिक्त भेप, ई–सिगरेट र निकोटिन पाउचजस्ता नयाँ स्वरूपका सुर्तीजन्य पदार्थसमेत उपलब्ध छन् । यस्ता पदार्थलाई कम हानिकारक वा धुँवारहित भनेर प्रचार गरिए पनि स्वास्थ्यमा पार्ने जोखिम गम्भीर रहेको डा थपलिया बताउछन्।
भेप, ई–सिगरेट र निकोटिन पाउचजस्ता नयाँ स्वरूपका पदार्थलाई समेत सुर्तीजन्य पदार्थकै श्रेणीमा राख्ने गरी ऐन संशोधनको तयारी भइरहेको उनले जानकारी दिए । हेल्पलाइन सेवाकालागि हाल एक जना नर्सिङ स्टाफ खटाइएको छ । सेवा सोमबारदेखि शुक्रबारसम्म सार्वजनिक बिदाबाहेक बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुँदै आएको छ ।
परामर्श दिँदै आउनुभएकी नर्सिङ अफिसर अमिशा रावतले हेल्पलाइनबाट परामर्श लिएका व्यक्तिलाई निरन्तर छ महिनासम्म फलोअप गरिने बताउछन । उनका अनुसार सेवनकर्ताको अवस्था हेरेर नियमित परामर्श तथा लत त्याग्न आवश्यक सहयोग प्रदान गरिँदै आएको छ ।
“लत त्याग्न हेल्पलाइनमार्फत परामर्श दिए पनि व्यवस्थित रेफरल मेकानिजम भने बनाउन सकिएको छैन । अलि जटिल खालका केशहरुमा विशेषज्ञ नै चाहिन सक्छन् त्यो भने हाम्रो लागि चुनौती नै छ । सामान्य प्रकृतिका सेवनकर्ताले परामर्शपछि लत त्याग्न सक्ने भए पनि जटिल प्रकृतिको लत भएका व्यक्तिलाई निरन्तर परामर्श र सहयोग आवश्यक पर्छ”, नर्स राउन भन्छन् ।
प्रकाशित समय : २०:४९ बजे


















