गृहपृष्ठ किसानसँग मन्त्री चौधरीको छलफल, आन्दोलनभन्दा संवादमा जोड
किसानसँग मन्त्री चौधरीको छलफल, आन्दोलनभन्दा संवादमा जोड
कृषिमन्त्री चौधरीद्वारा पदभार ग्रहण
काठमाडौँ, १३ चैतः कृषि तथा पशुपंक्षी विकास तथा वन तथा वातावरणमन्त्री गीता चौधरी शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्नुहुँदै । तस्बिरः नारायण न्यौपाने÷रासस
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सडकमा गोलभेँडा फ्याँकेर प्रदर्शन गरिरहेका किसानका प्रतिनिधिसँग छलफल गरेक। छन् ।
मन्त्री चौधरीले आज मन्त्रालयमा किसान प्रतिनिधिलाई आमन्त्रण गरी उहाँहरूका गुनासा तथा मागबारे छलफल गरेका हुन ।
किसानले उत्पादन गरेका कृषि उपजको उचित मूल्य पाउन सकून् भन्ने उद्देश्यले बजारमा कडा अनुगमनको व्यवस्था गरिएको बताउँदै विचौलियाको समस्या समाधान गर्न कृषि विधेयक अघि बढाइएको उनले जानकारी दिए ।
मन्त्री चौधरीले किसानलाई आफ्नो उत्पादन नजिकका हाटबजारमा बिक्री–वितरण गर्न आग्रह गर्दै सबै किसानले कालीमाटी फलफूल तथा तरकारी बजारमै पुगेर सामग्री बिक्री गर्नुपर्ने अवस्था नरहेको बताए ।
“हामीले किसानका पीडा बुझेका छौँ । आन्दोलन समाधान होइन । किसानसम्म रासायनिक मल सहज रूपमा पुगोस् भनेर हामी लागिपरेका छौँ”, उनले भने । साथै उनले सम्बन्धित निकायसँग समन्वय गरी किसानका समस्या समाधानका गरिने प्रतिबद्धता व्यक्त गरे ।
सरकार किसानको हितप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री चौधरीले उत्पादन, बजार व्यवस्थापन, मूल्य निर्धारण तथा कृषि क्षेत्रका समस्याको समाधानका लागि किसानसँग निरन्तर संवाद, सहकार्य र समन्वयलाई प्राथमिकता दिइने बताए ।
प्रकाशित समय : १९:०४ बजे



















