कर्णालीमा थप १३ जना थपिए कोरोना संक्रमित, १५ जना डिस्चार्ज
वि.सं.२०७७ मंसिर १७ बुधवार २३:५१
shares

कर्णालीमा थप १३ जनामा कोरोनाभाइरस (कोभिड- १९)को संक्रमण पुष्टि भएको छ । प्रदेशका चार जिल्लामा गरी १२ जना र अन्य प्रदेशमा एक जनामा कोरोनाभाइरस पुष्टि भएको हो ।
प्रदेश अस्पताल/पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी-पीसीआर परीक्षणमा सुर्खेतका पाँच, दैलेखका एक, जाजरकोटका पाँच, सल्यानका एक र अन्य प्रदेशका एक जनामा कोरानाभाइरस संक्रमणको पुष्टि भएको प्रदेश स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ । योसँगै कर्णाली प्रदेशमा कोरोनाभाइरस संक्रमितको संख्या ६ हजार ९ सय २९ पुगेको महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । उनका अनुसार प्रदेशभरका आठ जिल्लामा गरी ४ सय ५४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
जसमा सुर्खेतमा २ सय ५५, दैलेखमा २५, सल्यानमा १ सय २४, रुकुमपश्चिममा २६, जुम्लामा १३, हुम्लामा एक र मुगुमा तीन जना रहेको कँडेलले बताए । त्यस्तै बुधबार थप १५ जना कोरोना संक्रमणमुक्त भएसँगै प्रदेशभर ६ हजार ३ सय २२ जना कोरोनामुक्त भएको कँडेलले जानकारी दिए ।

























