नेता पौडेलमाथि भएको दुर्व्यवहारविरूद्ध कांग्रेसले देशव्यापी प्रतिरोध गर्ने
वि.सं.२०७७ मंसिर १७ बुधवार २३:३९
shares

तनहुँको ब्यास नगरपालिकाको वडा नं १ र ११ जोड्ने बुल्दी खोलामा नेपाली कांग्रेसकै पालामा निर्माण सम्पन्न भएको पुल आज स्थानीय उपभोक्ता समितीले सर्वसम्मत रुपमा निर्णय गरेर निमन्त्रण गरेपश्चात् उद्घाटन गर्न जाँदै गर्दा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गरिएको दुर्व्यहार र गिरफ्तारीप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।
‘सरकारको यो निन्दनीय व्यवहारको भत्सर्ना गर्दै तत्काल उहाँलाई रिहा गर्न, अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न म सरकारलाई चेतावनी दिन चाहन्छु,’ सभापति शेरबहादुर देउवाले विज्ञप्तिमार्फत भनेका छन्, ‘वर्तमान सरकारको अधिनायकवादी आकांक्षाको जगमा भएको यो घटनाप्रति कडा विरोध प्रकट गर्दै अधिनायकवादी अभिष्टलाई पूरा हुन नदिन नेपाली कांग्रेस एक ढिक्का भएर सशक्त प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छु ।’
गृहजिल्लामा पुल उद्घाटन गर्न पुगेका पौडेललाई बुधबार कार्यक्रम स्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको हो । निषेधित क्षेत्रमा कार्यक्रम गरेको भन्दै कांग्रेस नेता पौडेललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ
























