नेप्सेमा उच्च अंकको वृद्धि
वि.सं.२०७८ कात्तिक १४ आइतवार २३:४१
shares

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अंकले बढेको छ । सेयर कारोबार हुने साताको पहिलो दिन आज नेप्से परिसूचक ५५.५० अंकले बढेर दुई हजार ८३७.६१ मा पुगेको छ ।
यस्तै ठूला कम्पनीको सेयर कारोबार मापक परिसूचक सेन्सेटिभ ९.४६ अंकले बढेर ५३०.४६ मा पुगेको छ । कूल २३२ कम्पनी एक करोड ३८ लाख ९९ हजार ३२२ कित्ता सेयर सात अर्ब ८२ करोड ३२ लाख २६ हजार ४९३ रूपैयाँ मूल्यमा खरिद बिक्री भए । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज बैंकिङ उपसमूहको सेयर मात्रै ओरालो लागेको छ ।
बैंकिङ उपसमूह २.९६ अंकले ओरालो लाग्दा व्यापार १८६.९२, होटल तथा पर्यटन १७८.२७, विकास बैंक ३३८.०२, जलविद्युत् १६६.३८, वित्त ९१.६८, निर्जीवन laमा ६०३.०३, उत्पादन ३१०.५७, अन्य २.७, लघुवित्त २३०.८, सामूहिक लगानी कोष ०.२७ र लगानी २.९३ अंकले उकालो लागेको छ ।
कारोबार भएकामध्ये आँखु खोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३१ करोड ५७ लाख १५ हजार २७२ रूपैयाँ बराबरको कारोबार भयो । यस्तै नबिल बैंक २८ करोड तीन लाख १७ हजार ८५३ रूपैयाँ, एभरेष्ट बैंक २७ करोड ७९ लाख २६ हजार ८६९ रूपैयाँ, सिद्धार्थ बैंक २४ करोड ३५ लाख ६३ हजार २४८ रूपैयाँ र हिमालयन डिस्टिलरी २२ करोड ९३ लाख ९९ हजार ८८९ रूपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
आजको कारोबारपछि ३९ खर्ब ९२ अर्ब ६ करोड ४० लाख ३८ हजार ९७४ रूपैयाँ बराबरको बजार पुँजीकरण पुगेको छ ।
आठ कम्पनीको सेयरमा सर्किट
नेप्सेका अनुसार विभिन्न सात कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । त्यसमा युनाइडेट इन्स्योरेन्स, लुम्बिनी विकास बैंक, सामुदायिक लघुवित्त, पाँचथर पावर कम्पनी, हिमालयन ऊर्जा विकास कम्पनी, चन्द्रागिरी हिल्स, साहस ऊर्जा र रैराङ हाइड्रोपावर रहेका छन् । त्यस्तै कृषि विकास बैंक १.१२, आशा लघुवित्त ०.१३, एसियन लाइफ इन्स्योरेन्स ०.७७, बैंक अफ काठमाडौंका लगानीकर्ताले ०.८५ प्रतिशतले गुमाए ।























