मुस्कुराएको खप्तड (फोटोफिचर)
वि.सं.२०७८ कात्तिक १४ आइतवार २३:०९
shares

दलदले मैदान र छेउछाउमा धुपी सल्लाले सजिएको खप्तड सरद ऋतुमा भने उज्यालो देखिन्छ । हिउँदमा भने हिउँले ढाकेर ‘हिरा’जस्तो चम्किलो देखिन्छ । समुन्द्री सतहबाट २७ सयदेखि ३४ सय मिटरको उचाइमा पर्ने खप्तड भू-स्वर्गको उपमाले परिचित छ ।
सुदूरपश्चिमका ४ जिल्लाहरु बझाङ, बाजुरा, अछाम र डोटीको बीचमा पर्ने २२५ वर्ग किलोमिटर क्षेत्रफल रहेको खप्तडले प्रत्येक ऋतुमा रुप फेर्ने गर्छ । सदाबहार पर्यटकलाई आनन्द दिने यो ठाउँलाई हिउँदे याममा ‘सुदूरको हिरा’को नामले चिनिन्छ । हिउँदे याममा खप्तडमा बस्ने जनावरहरु गाउँघरतिर बास खोज्न आउने गर्छन् । अत्यधिक मात्रामा चिसो हुने हुँदा खप्तड क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरु कम मात्रामा पुग्छन् ।

























