काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

साताको पहिलो दिन सुनचाँदीको मूल्य घट्यो

13.27K
shares

साताको अन्तिम दिन घटेको सुनको मूल्य साताको पहिलो दिन पनि बढेको छ । शुक्रबार ४ सय  घटेको  सुनको मूल्य आइतबार ३ सय रूपैयाँ नै घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाइएको छ।

शुक्रबार तोलामा ९२ हजार रूपैयाँ तोकिएको छापावाल सुनको मूल्य आइतबारको लागि ९१ हजार ७ सय रूपैयाँ कायम गरिएको छ । त्यस्तै आज तेजाबी सुनको मूल्य ९१ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी तोलामा ५ रूपैयाँ घटेको महासंघले जनाइएको छ । महासंघका अनुसार गत शुक्रबार तोलामा १ हजार २४५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार तोलामा १ हजार २४० रूपैयाँमा कारोबार भइरहेको हो ।