काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सनराइज बैंकले ल्यायो सनराइज पेरोल लोन सुविधा 

14.41K
shares

नौलो र समय सापेक्ष सेवा सुविधा प्रदान गर्दै आएको सनराइज बैंकले विभिन्न संघ संस्था तथा कार्यालयमा कार्यरत कर्मचारी वर्गलाई लक्षित गरी सनराइज पेरोल लोन (sunrise payroll loan) योजना ल्याएको छ । यस योजनाअन्तर्गत सनराइज बैंकमा सनराइज पेरोल सेभिङ अकाउन्ट भएका कुनै पनि ग्राहकले बिना धितो १५ लाख सम्मको कर्जा लिन सक्नेछन् ।

योजना अनुसार ग्राहकले अधिकतम २४ महिनाको तलब अथवा ५ लाखसम्मको (overdraf) र १० लाखसम्मको  Term loan गरी अधिकतम १५ लाख सम्मको कर्जा लिन सक्ने बैंकले जनाइएको छ । कर्जा लिन ग्राहक कुनै पनि संस्थाको कर्मचारी हुनुपर्ने छ । उक्त कर्जा ५ वर्षसम्मको लागि प्रदान गरिने बैंकले उल्लेख गरेको छ । साथै सनराइज बैंकले आफ्नो १४ औं वार्षिक उत्सव र दसैंको अवसर पारेर मुद्दती खातामा सर्वाधिक १०.०७ प्रतिशत सम्मको ब्याज दिने समेत व्यवस्था गरेको छ ।

बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६० वटा एटीएम र ९१ वटा शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।