काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

म्याक्स मिडिया डिजिटल गुरु प्रतियोगिता सुरू

13.4K
shares

म्याक्स मिडियाको आयोजनामा ‘म्याक्स मिडिया डिजिटल गुरु’ प्रतियोगिता सुरू भएको छ । यस प्रतियोगिताले डिजिटल मिडियामा विज्ञता भएका व्यक्तिहरुलाई भाग लिन आयोजकले आब्ह्वान गरेको छ ।

म्याक्स मिडिया डिजिटल गुरु’ प्रतियोगिता सञ्चालन गर्नुको मुख्य उद्देश्य  नै डिजिटल मिडियामा विज्ञता भएका व्यक्तिहरुको पहिचान गर्दै उनीहरुलाई व्यक्तिगत एवं समग्र नेपाली मिडिया उद्योगलाई नै टेवा पुर्‍याउन त्यस्ता व्यक्तिहरुको पहिचान, प्रोत्साहन र अवसर प्रदान गर्नु रहेको आयोजकले जनाइएको छ । नेपालमा विभिन्न विदेशी कम्पनीसँग सहकार्य गरेर डिजिटल मिडियासम्बन्धी काम गर्ने अभ्यास भइरहेको छ ।

मिडिया क्षेत्रको पृष्ठभूमिमा पछिल्लो पाँच वर्षको अवधिमा निकै ठूलो परिवर्तन देखिएको छ । नेपालको डिजिटल मिडियाको क्षेत्रमा प्रसस्त अवसर रहेको आयोजकको धारणा छ । जसबाट हरेक व्यक्तिले आफू बसेको स्थानवाट नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा आफ्नो क्षमता प्रस्तुत गर्ने उचित अवसर प्राप्त गर्ने आयोजकको  दाबी छ । म्याक्स मिडिया डिजिटल गुरु एउटा विशेष चुनौतिको परीक्षण गर्ने लक्ष्यसहित पहिलो पटक प्रस्तुत भएको डिजिटल हेडहण्ट हो । जहाँ सहभागीले प्रतियोगिताको नियममा रही आफ्नो रुचीको विषयमा डिजिटल मिडिया सम्बन्धी सवल प्रस्तुति प्रस्तुत गर्न दिइने छ । यसबाट नेपालको डिजिटल मिडियाहरुको उत्थानका लागि एउटा नयाँ अध्ययन सुरु हुने म्याक्स मिडियाले अपेक्षा राखेको जनाइएको छ ।

यस प्रतियोगितामा सहभागी हुनका लागि http://www.digitalguru.maxmedia.com.np मा रजिष्टर गर्न सकिने छ ।