काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा ज्येष्ठ नागरिकलाई निःशुल्क सिम प्रदान

15.92K
shares

संयुक्त राष्ट्र संघको आयोजनामा विश्वव्यापी रुपमा अक्टोबर १ मा मनाइने अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस यसपटक असोज १५ गते परेको छ । सो अवसरमा नेपाल टेलिकमले मुलुकभरका ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप निःशुल्क सिम प्रदान गर्ने भएको छ ।

सिम असोज १५ गतेदेखि २५ गतेसम्म ६० वर्षभन्दा माथिका नागरिकलाई निःशुल्क रुपमा प्रदान गरिने टेलिकमले जानकारी दिएको छ । कम्पनीका अनुसार यस सिममा १० रुपैयाँ व्यालेन्स हुनुका साथै ४० मिनेट कुराकानी गर्ने, २० वटा सन्देश पठाउने र ६० एमबी डाटा प्रयोग गर्न सकिने सुविधा एक महिनासम्म उपलब्ध हुने छ। नेपाल टेलिकमका देशभर रहेका कार्यालयका काउन्टरहरुबाट ज्येष्ठ नागरिकले यो सुविधाको उपयोग गर्न सक्नेछन् ।

यसका लागि एक प्रति पासपोर्ट साइजको फोटो, परिचय र उमेर खुल्ने प्रमाणपत्र (जस्तै–नागरिकता प्रमाणपत्र, जेष्ठ नागरिकको परिचयपत्र)को प्रतिलिपी संलग्न गर्नुपर्ने टेलिकमले जनाइएको छ । नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मुलुकभरका ज्येष्ठ नागरिकहरुलाई उपलब्ध गर्ने निःशुल्क सिमको सुविधाले जेष्ठ नागरिकलाई दूरसञ्चार र सूचना प्रविधिको पहुँचमा ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।