काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बैंक अफ काठमाण्डूको दसैं अफर : कार्डवाहक ग्राहकलाई २० प्रतिशतसम्मको नगद फिर्ता

14.13K
shares

बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक ग्राहकले स्मार्ट डोकोको स्मार्ट दसैं अफरमा २० प्रतिशतसम्म नगदफिर्ता पाउने भएका छन् । नेपालीहरुको महान चाड दसैंलाई लक्षित गरी स्मार्ट डोकोले २०७८ साल असोज १४ गतेबाट सञ्चालनमा ल्याएको स्मार्ट दसैं अफरमा बैंकको कार्डबाहकले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा २० प्रतिशतसम्म नगद फिर्ता पाउने बैंकले जानकारी गराइएको छ ।

बैंकको कार्डबाहक ग्राहकले यस अफरबाट आफुलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यममार्फत प्रीपेमेन्ट गर्दा बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गरेकोमा २० प्रतिशत वा अधिकतम १ हजार ५०० रूपैयाँसम्म नगदफिर्ता पाउनेछन् । स्मार्ट दसैं अफरमा बैंकको कार्डबाहक ग्राहकले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी २० प्रतिशतसम्म नगद फिर्तासहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामान खरिद गर्न सक्ने बैंकले जनाइएको छ ।

बैंक अफ काठमाण्डूले ९० शाखा कार्यालयहरु, ८० एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट ग्राहकलाई बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।