काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भन्सार सहजीकरणका लागि नाडाको अनुरोध

13.31K
shares

बुधबार नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ६ सदस्यीय प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटालाई स्वागत गर्दे भन्सार विभागबाट हालै जारी भएको भन्सार निर्देसिकालगायतका विभिन्न विषयमा छलफल गरेको नाडाले जनाएको छ ।

उक्त भेटमा अध्यक्ष दुलालले नाडाले स्वच्छ व्यवसायमा विश्वास राख्दै आएको भन्दै नेपालको अटोमोवाइलक्षेत्र राज्यलाई सर्वाधिक राजश्व बुझाउनेक्षेत्र भएको बताए । छलफलको क्रममा अध्यक्ष दुलालले नाडा र भन्सार विभागबीच सूचना आदान प्रदान गर्ने विषयमा सहकार्य गरेर अघि बढने विषयमा लिखित समझदारीसमेत भईसकेको जानकारी दिए । उक्त छलफलमा महासचिव सुनिल रिजालले यचयस कोड परिर्वन र साफटा सुविधाअन्तर्गत आउने अटोमोवाइल वस्तुहरुको वर्गीकरणमा स्पष्टता हुनु पर्ने बताए । त्यसैगरी सो छलफलमा कोषाध्यक्ष सुरेन्द्र उप्रेतीले एलसी खोली व्यवसाय गर्दा पनि भन्सार नाकाहरुमा पर्ने समस्याहरुबारे जानकारी गराए ।

उक्त छलफलको क्रममा महानिर्देशक सापकोटाले विभागले व्यवसायीहरुका लागि सहजीकरण गरिने बताए । उनले व्यवसायीहरुका लागि अनलाइन पेमेण्ट र भेहिकल स्क्यानरको व्यवस्थासमेत गरिने बताए । सो छलफलमा महानिर्देशक सापकोटाले भन्सार विभागले अव ट्रस्टेड ट्रेडर्सहरुको प्रोफाइलसमेत तयार गर्न लागेको बताए । यसबाट व्यवसायीहरुलाई सहज हुने विश्वास लिएको उल्लेख गरे । सो छलफलमा नाडाका सह कोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रीय कार्य समिति सदस्य शुभआसिस थपलिया तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधानसमेतको उपस्थिति रहेको थियो ।