नबिल बैंक लगातार दोस्रो पटक ‘नेपालमा लिडिङ पार्टनर बैंक २०२१’ अवार्डबाट सम्मानित
वि.सं.२०७८ असोज १४ बिहीवार १७:०६
shares

नबिल बैंक लिमिटेडले २०२१ का लागि एशियाली विकास बैंक-ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्रामद्वारा नेपालको लिडिङ पार्टनर बैंकको अवार्ड पाएको छ । सोही अवार्ड नबिल बैंकले गत वर्ष पनि प्राप्त गर्न सफल भएको थियो ।
एशियाली विकास बैंकको TSCFP द्वारा व्यापार वित्तको बजारलाई उत्थान गर्दै व्यापारलाई हौसला दिने उद्देश्यका साथ बैंकलाई जमानी र ऋण प्रदान गर्दछ । ट्रेड फाइनान्स प्रोग्रामले जमानी र ऋणमार्फत बजारमा रहेका कठिनाईहरु अन्त्य गरेर दिगो विकासका लक्ष्यहरू हासिल गर्न देशहरूलाई सशक्त पार्दछ । एशियाली विकास बैंक-ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम घोषणाअनुसार नबिल बैंकले १ जुलाई २०२० देखि ३० जून २०२१ सम्म नेपालमा TSCFP संग सबैभन्दा बढी कारोबार रेकर्ड गरेको थियो ।
सन् १९८४ देखि आफ्ना ग्राहकलाई समायनुकुल सेवा प्रदान गर्दै आएको नबिल बैंकको १३५ शाखा, १८४ एटीएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेको छ । बैंकले नेपाली बैंकिङ क्षेत्रमा नविनतम् सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको ईतिहासमा कोसेढंगाको रुपमा काम गर्दै आएको जनाइएको छ ।

























