काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सुधारियो सेयर बजार, बुधबार ५० अंकले बढ्यो नेप्से

12.14K
shares

साताको पहिलो तीन दिन लगातार घटेको सेयर बजार बुधबार भने ५० अंकले बढेको छ । बुधबार सेयर बजार कारोबार मापक नेप्से परिसूचक ५०.५८ अंकले बढेर दुई हजार ६६५.९३ अंकमा पुगेको छ । यस अघि तीन दिन लगातार घट्दा नेप्से परिसूचक दुई सय अंकले तल झरेको थियो ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ८.५८ अंकले बढेको छ । आज ६३ हजार ९१६ कारोबारबाट २२९ कम्पनीका ९८ लाख ९४ हजार ४७८ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम पाँच अर्ब दुई करोड ८५ लाख ५५ हजार ९२ रुपैयाँ पुगेको छ ।