नयाँ सामसुङ ग्यालक्सी एओथ्रीएस बजारमा
वि.सं.२०७८ असोज १३ बुधवार २१:५६
shares
सामसुङले हालै नेपाली बजारमा ए सिरिजअन्तर्गत नयाँ ग्यालक्सी एओथ्रीएस (Galaxy A03s) प्रस्तुत गरेको छ । ग्राहकलाई अद्वितीय दृश्यावलोकनको मनोरञ्जन प्रदान गर्न ६.५-इन्च इन्फिनिटी-भी डिस्प्ले अझै स्पष्ट फोटो खिच्नको लागि ३ वटा क्यामरा, लामो समयसम्म मोबाइल चलाउनको लागि अझै धेरै टिकाऊ हुने ५००० एमएचको ब्याट्री, मल्टिटास्किङको लागि अक्टा कोर प्रोसेसरको साथै फोनको साइडमा भएको फिंगर प्रिन्ट सेन्सर जस्ता थुप्रै विशेषताहरुले थप सुरक्षा एवं सहजता प्रदान गर्ने कम्पनीले उल्लेख गरेको छ ।
२०:९ को एस्पेक्ट रेसियोको साथ ६.५ एचडी इन्फिनीटीभ-भी डिस्प्लेले आश्चर्यजनक दृश्यावालोकनको मनोरञ्जन प्रदान गर्दछ । यसमा भएको तीनवटा क्यामराको संयोजनले वास्तवमै अझै गुणस्तरीय फोटो तथा भिडियो निकाल्न सकिन्छ । यसमा भएको १३ मेगापिक्सलको मुख्य क्यामराले अविस्मरणीय पलहरुलाई सफा एवं स्पष्ट रुपमा कैद गर्ने स्वतन्त्रता प्रदान गर्दछ भने यसमा भएको २ मेगा पिक्सलको माइक्रो लेन्सले अझै क्लोज अप फोटोहरुको विस्तृत विवरणहरु कैद गर्न सकिन्छ । त्यस्तै २ मेगा पिक्सलको डेप्थ क्यामराले फोटोको सौन्दर्यतालाई अझै निखार्दछ ।
ग्यालक्सी एओथ्रीएसमा भएको अक्टा कोर प्रोसेसरले मल्टिटास्किङ गर्दा कम ब्याट्री खपत गर्न सक्ने कम्पनीको भनाइ छ । यसमा भएको ५००० एमएचको ब्याट्रीले अतिरिक्त पावर प्रदान गरी कम समयमा चार्ज हुने र अधिक समय टिकाउने सामर्थ्य राख्दछ । ग्यालक्सी एओथ्रीएस फोनको गुणस्तरीयताको साथ साथै उचित मूल्य पनि यसको विशेषता हो । यसले राम्रो स्मार्टफोनको मूल्य सधै उधिक हुन्छ भन्ने मान्यतालाई समेत तोडेको छ ।
ग्यालक्सी एओथ्रीएसको (3GB + 32GB) को मूल्य १५ हजार ४९९ र (4GB + 64GB) १६ हजार ९९९ तोकिएको छ । यो फोन विभिन्न रंगहरु (कालो, नीलो र सोतो) मा उपलब्ध रहेको छ । यो फोन सामसुङका नेपाल अधिराज्यभर रहेका रिटेल नेटवर्कमार्फत सहजै खरिद गर्न सकिने कम्पनीले जनाइएको छ ।

























