९,६२६ जनामा पीसीआर परीक्षणमा १०३६ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु
वि.सं.२०७८ असोज ५ मंगलवार २२:०८
shares

नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार ६२६ जनामा पीसीआर परीक्षणमा १ हजार ३६ जना र ३ हजार ९९६ जनाको एन्टिजेन परीक्षणमा २९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर पीसीआर र एन्टिजेन गरी कुल १ हजार ३३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या पीसीआर मात्रै ७ लाख ८६ हजार ५७७ जना पुगेको छ । त्यस्तै आज कोरोनाबाट ५ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोनाबाट हालसम्म ११ हजार ५३ जनाले ज्यान गुमाएका छन् । मंगलबार १ हजार ८३० जना संक्रमणमुक्त भएसँगै नेपालमा हालसम्म ७ लाख ५४ हजार कोरोनामुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ५२४ जना रहेका छन् । जसमध्ये २० हजार १६४ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ३६० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३३५ जना आईसीयू र १०७ जना भेन्टिलेटरमा उपचाररत् छन् । त्यस्तै २५० जना क्वारेन्टिनमा छन् ।

























