बर्लिन म्याराथनमा सहभागी हुन पार्की बर्लिन जाँदै
वि.सं.२०७८ असोज ५ मंगलवार २१:५४
shares
गोपीचन्द्र पार्कीले विश्व चर्चित म्याराथनमध्येको एक बर्लिन म्याराथन सहभागिता जनाउने भएका छन् । सेप्टेम्बर २६ तारिखमा हुने म्याराथनका लागि पार्की मंगलबार राती ८:४० बजे कतार एयरवेजबाट बर्लिन प्रस्थान गर्ने भएका हुन् ।
प्रशिक्षकमा सन्तोष श्रेष्ठ छन् । उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले मंगलबारै बिदाइ गरे । टोलीको हवाइ टिकट राखेपले व्यवस्था गरिदिएको हो । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता पार्कीको व्यक्तिगत उत्कृष्ट टाइमिङ २ घण्टा १८ मिनेट ५९ सेकेन्ड रहेको छ । यसैबीच नेपालगन्ज म्याराथन आयोजक क्रिएटिभ ह्यान्ड्सले पनि पार्की र श्रेष्ठलाई मंगलबारै छुट्टै कार्यक्रम आयोजना गरी बिदाइ गर्यो ।
सदस्य–सचिव सिलवाल, क्रिएटिम ह्यान्ड्सका अध्यक्ष टीएस ठकुरीलागयतले उनीहरुलाई बिदाइ गरे । त्यस अवसरमा क्रिएटिभ ह्यान्ड्सले पार्कीलाई मायाको चिनोस्वरुप ट्रयाक सुट, ब्याग र टिसर्ट प्रदान गरेको थियो । श्रेष्ठलाई टिसर्ट प्रदान गरियोको थियो ।

























