काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

११४ अंकले घट्यो नेप्से, सात कम्पनीको कारोबारमा नकारात्मक सर्किट

15.06K
shares

सेयर बजार कारोबार भएको साताको पहिलो दिन आज नेप्सेमा भारी अंकले गिरावट आएको छ । साताको पहिलो दिन आइतबार संविधान दिवसको दिन सेयर कारोबार नभएपछि आज सोमबार सुरुदेखि नै सेयर बजारमा रताम्य देखिएको थियो ।

सेयर बजार कारोबार मापक नेप्से परिसूचक आज ११४.०२ अंकले घटेर दुई हजार ६९८.२४ अंकमा झरेको छ भने ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १९.५१ अंकले घटेर ५०६.२७ अंकमा झरेको छ । आज २२५ कम्पनीको एक करोड ७३ लाख ३० हजार ५३८ कित्ता सेयर आठ अर्ब ४९ करोड ३४ लाख एक हजार ९ रुपैयाँमा किनबेच भएको छ । नेपाल स्टक एक्सचेन्जमा सूचीकत १३ उपसमूहहरु सबै ओरालो लागेका छन् । बैंक ५१.४६, व्यपार १५६.९८, होटल तथा पर्यटन १५८.१३, विकास बैंक ३३२.३८, जलविद्युत २२०.२९, वित्त २२९.६९, निर्जीवन बिमा ६१४.२१, उत्पादनमुलक ९१.९६, अन्य ७०.६१, लघुवित्त १६२.३२, जीवन बिमा ८००.०६, सामुहिक लगानी कोष १५.०७ र लगानी समूह ५.२९ अंकले घटेको छ ।

त्यस्तै आज सात कम्पनीको सेयर कारोबारमा नकारात्मक सर्किट लागेको छ । पोखरा फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, गुडविल फाइनान्स, छ्यांदी हाइड्रोपावर, हिमालय उर्जा विकास कम्पनी, आइसीएफसी फाइनान्स र युनाइटेड आइडीआइ मार्दी आरबी हाइड्रोपावर लिमिटेडको सेयरमा नकारात्मक सर्किट अर्थात् १० प्रतिशत सेयर मूल्य घटेको छ ।