काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

रियलमीका चार नयाँ उत्पादन नेपाली बजारमा

13.67K
shares

स्मार्टफोन ब्राण्ड रियलमीले नेपाली बजारमा चार नयाँ उत्पादनहरु लिएर आएको छ । रियलमीले आकर्षक मूल्यमा रियलमी सी११ २०२१, रियलमी सी२०, सी२१ र रियलमी ८ बजारमा ल्याएको हो ।

डिजाइन, युआइ आदिमा कुनै सम्झौता नगरी आकर्षक specifications सहित बजारमा 'राइट प्रिसिङ' strategy लिएर आएको रियलमीले एक हप्तामै बजारबाट धेरै सकारात्मक प्रतिक्रिया पाइरहेको कम्पनीले जनाइएको छ ।

सी सिरिज

रियलमी सी२० र सी२१ अघिल्लो संस्करणहरुमा उपलब्ध आकर्षक ब्याट्री र MediaTekHelio G35 gaming SoC भन्दा परिष्कृत छ । रियलमी सी११ २०२१सँगै यी दुवै डिभाइसहरुमा भव्य ६.५ इन्च डिस्प्ले रहेको कम्पनीले उल्लेख गरेको छ । रियलमी सी२१ मा सीमित प्रतिस्पर्धी ब्रान्डहरुले मात्र दिनसक्ने ४जीबी र्‍याम र ६४जीबी स्टोरेजसहित ट्रिपल क्यामेरा रहेको छ । यसमा भएको सर्वोत्तम रियलमी युआइ २.० ले भिन्न अनुभव गराउने र सुन्दर डिजाइनका साथै साना–साना थुप्रै फिचरहरुले रियलमीका फ्यानहरुलाई रोमाञ्चित बनाउने कम्पनीको विश्वास छ ।
आक्रामक मूल्यमा उपलब्ध सी सीरिजबाट प्रयोगकर्ताले ठूलो डिस्प्ले, दिनभरि चल्ने टिकाउ ब्याट्री र गज्जबको पर्फमेन्सको अनुभव गर्न सक्ने कम्पनीले दाबी गरेको छ ।

रियलमी ८

रियलमी ८ मा फास्ट इन-डिस्प्ले फिंगरप्रिन्ट सिनियर भएको ६.४-इन्च सुपर अमोल्ड फूल स्क्रीन डिस्प्ले रहेको छ । साथै रियलमी ८ को हजार निट्ससम्म जान सक्छ जसकारण प्रयोगकर्ताले चम्किलो घाममा पनि सहजै चलाउन सक्ने कम्पनीले जनाइएको छ । यसमा Helio G95 SoC रहेको छ । जसले सामान्य फोनभन्दा बिल्कुलै फरक अनुभव गराउने छ । ६जीबी प्लस ५जीबी र्‍याम र १२८ जीबीको स्टोरेजसहितको रियलमी ८ को बलियो processor ले हेभी लोडमा पनि सजिलै काम गर्न सक्ने कम्पनीको भनाइ छ । यसका साथै, Quad Camera सहित आउने light weight slim design भएको रियलमी ८मा ३० वाट डार्ज चार्जिङको सुविधा छ जसले फोनलाई ६५ मिनेटमा नै ० प्रतिशतबाट १०० प्रतिशत चार्ज गराइदिन्छ ।

अब रियमलीले के गर्दैछ ? 

लिप प्रोग्राममार्फत उत्कृष्ट डिजाइन, पर्फरमेन्स र गुणस्तरीय उत्पादनहरु निकाल्नेमा रियलमी विश्वास गर्दछ । नवीन प्रविधिहरु प्रयोग गरिएको रियलमीका उत्पादनहरु नेपालभरी १००० भन्दा धेरै स्टोरका साथै दराजमा पनि उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । यी ४ उत्पादनहरुबाहेक रियलमी दसैंअघि रियलमी सी२१वाइ र केही सरप्राइज लिएर आउने रियलमीले जनाइएको छ ।