काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कर्णाली प्रदेशमा पहिलो चौमासिक बजेट खर्च चार प्रतिशत

18.84K
shares

अघिल्ला वर्षहरु झैँ चालू आर्थिक वर्षको पहिलो चौमासिकमा कर्णाली प्रदेशको बजेट खर्च निराशाजनक देखिएको छ । चालू आवको साउनदेखि कात्तिक मसान्तसम्म प्रदेश सरकारको करिब चार प्रतिशत बजेट खर्च भएको छ ।

प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश सरकार अन्तर्गतका निकायले पहिलो चौमासिक अवधिमा एक अर्ब १२ करोड ९९ लाख ८४ हजार १२९ रूपैयाँ खर्च गरेका छन् । तीमध्ये चालूतर्फ साढे ६ प्रतिशत अर्थात् ६७ करोड ५१ लाख ८९ हजार ३०७ रूपैयाँ र पुँजीगततर्फ साढे दुई प्रतिशत अर्थात् ४५ करोड ४७ लाख ९४ हजार ८२२ रूपैयाँ रहेको छ । यद्यपि, गत वर्षको यस अवधिको तुलनामा यस वर्षको बजेट खर्च केही सुधारोन्मुख छ । गत वर्ष यही अवधिमा एक प्रतिशतमात्र बजेट खर्च भएको थियो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेशसभा सचिवालय र मुख्य न्यायाधिवक्ताको कार्यालयको पुँजीगत खर्च शून्य छ । विनियोजित बजेटका आधारमा प्रदेशसभाले सबैभन्दा बढी रकम खर्च गरेको प्रदेश लेखा नियन्त्रकको कार्यालयले जनाएको छ । सचिवालयले प्रदेशसभा सदस्यहरुका लागि भत्ता र विभिन्न शीर्षकका सेवासुविधामा सो रकम खर्च गरेको हो ।