पाँचखाल र पनौती नगरपालिकासँग नविल बैंकको सहकार्य
वि.सं.२०७८ भदौ ११ शुक्रवार २३:१३
shares

पनौती नगरपालिकामा नबिल बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र नगरपालिकाका तर्फबाट मेयर भीम न्यौपाने तथा पाँचखाल नगरपालिकामा नबिल बैंकको बागमती प्रदेश प्रमुख अमित श्रेष्ठ र उपमेयर लक्ष्मी दनुवारले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
उक्त साझेदारीमार्फत् नगरपालिकाहरुले स्थानीय स्तरमा सञ्चालन गर्ने विभिन्न उद्यमसम्बन्धी कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई नगरपालिकाको सिफारिसमा बैंकले उद्यम गर्न बैंकको नियमअनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम/तालिमहरुमा वित्तीय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गर्ने उद्देश्य रहेको छ ।
कार्यक्रममा बोेल्दै नायब प्रमुख कार्यकारी अधिकृत सुजित शाक्यले यस सम्झौताले पनौती नगरपालिकामा रोजगारी र उद्यमशीलता विकास गरि सामाजिक रुपान्तरणमा सहयोग गर्ने र अबको एक वर्षमा सफलताका कथाहरु सुन्न आतुर भएको बताए । त्यस्तै पनौती नगरपालिकाका मेयर भीम न्यौपानेले नबिल बैंकले बैंकिङले निम्न वर्गीय किसान तथा उद्यमीलाई बलियो बनाउने आशा व्यक्त गरे । साथै उनले वास्तविक किसान तथा उद्यमी पहिचान गरि बैंकसम्म पु¥याइ नगरपालिकाको विकासमा सहयोग गर्न सबैलाई आग्रह गरे ।
पाँचखालमा आयोजित कार्यक्रममा बोेल्दै उपमेयर लक्ष्मी दनुवारले पाँचखाल शाखालाई नबिल बैंकिङ पाइलट शाखा बनाएकोमा धन्यवाद दिए । नबिल बैंकले असार १५ गते धान दिवसका दिन नबिल दिगो बैंकिङको सुरुवात गरेको बताए । सरकारको विकास लक्ष्यलाई सघाउन नबिलले विपन्न वर्गलाई लक्षित गरि दिगो बैंकिङ कार्यक्रम सार्वजनिक गरेको बताए ।

























