काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मेलबर्नमा १६औँ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियनसिप हुँदै

546
shares

काठमाडौं । १६औँ अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी-२०२६) आगामी नोभेम्बर २८र२९ मा मेलबर्नमा आयोजना हुने भएको छ ।

आइओएफटिसी अस्ट्रेलिया लिमिटेडको आयोजनामा हुने प्रतियोगितामा विभिन्न देशका खेलाडी, प्रशिक्षक तथा तेक्वान्दो क्लबहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।

सन् २००० मा नेपालको काठमाडौंमा ग्रान्डमास्टर दिवाकर ‘डान’ महर्जनको पहलमा सुरु भएको आइओएफटिसीले तेक्वान्दो खेलमार्फत अन्तर्राष्ट्रिय मित्रता, खेल भावना र सांस्कृतिक आदानप्रदानलाई प्रवद्र्धन गर्दै आएको छ ।

सन् २०२६ को प्रतियोगिता यस अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रमको १६औँ संस्करण हो ।

प्रतियोगिताका अध्यक्ष महादेव धानुक नेपालका पूर्व तेक्वान्दो खेलाडी, एभरेस्ट तेक्वान्दो स्कुल भिक्टोरियाका संस्थापक, निर्देशक तथा मुख्य प्रशिक्षक हुन् ।

उनी गैरआवासीय नेपाली संघ (एनआरएनए) भिक्टोरियाका राज्य संयोजक समेत हुन्।

अध्यक्ष धानुकले प्रतियोगिताले खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने, अन्तर्राष्ट्रिय अनुभव हासिल गर्ने र विभिन्न देशका खेलाडीबिच मैत्री सम्बन्ध विस्तार गर्ने अवसर प्रदान गर्ने बताए ।

उनले प्रतियोगितालाई सफल बनाउन खेलाडी, क्लब, प्रशिक्षक, अभिभावक, स्वयंसेवक तथा प्रायोजकहरूलाई सहकार्य गर्न आह्वान गरेका छन् ।