सिद्धार्थ बैंकबाट सेयर धितो कर्जाका लागि अनलाइन आवेदन दिन सकिने
वि.सं.२०८३ कात्तिक १० मंगलवार ०८:०३
shares

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले सेयर धितो कर्जाका लागि अनलाइन आवेदन सेवा सञ्चालनमा ल्याएको छ। ग्राहकहरूको तत्कालीन वित्तीय आवश्यकतालाई सहज र सर्वसुलभ रूपमा सम्बोधन गर्ने उद्देश्यले बैंकले उक्त सेवा सुरु गरेको हो।
यस सेवाअन्तर्गत ग्राहकले आफ्नो सेयर धितो राखेर बैंकबाट आवश्यक कर्जा रकम प्राप्त गर्न सक्नेछन्। बैंकको मोबाइल बैंकिङ एपमार्फत सेयर धितो कर्जाका लागि सहजै अनलाइन आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
बैंकका अनुसार ग्राहकले धितोमा राख्ने सेयरको मूल्याङ्कनका आधारमा ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नेछन्। यस सुविधाबाट ग्राहकले आफ्ना व्यक्तिगत तथा व्यावसायिक आवश्यकता सहज रूपमा पूरा गर्न सक्ने विश्वास बैंकले लिएको छ।
ग्राहकलाई छिटो, सुरक्षित तथा भरपर्दो वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको सेयर धितो कर्जा सेवा सिद्धार्थ बैंकका सबै शाखामा उपलब्ध रहेको बैंकले जनाएको छ।
यस सुविधासम्बन्धी थप जानकारीका लागि ग्राहकले बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मार्फत सम्पर्क गर्न सक्नेछन्।

























