शाओमीले विगत एक वर्षदेखि नेपाली बजारमा शीर्ष स्थान कायम राख्दै
वि.सं.२०७८ भदौ ११ शुक्रवार २२:२६
shares

शाओमीले आज अग्रणी बजार अनुसन्धान फर्म IDC को विश्वव्यापी त्रैमासिक मोबाइल फोन ट्रयाकरको दोस्रो त्रैमासिक २०२१ को रिलिजअनुसार आफु नेपालको नम्बर एक स्मार्टफोन कम्पनी बनेको घोषणा गरेको छ । २०२१ को दोस्रो त्रैमासिकमा ३८.९ प्रतिशतको बजार सेयरको युनिट सिपमेन्टका साथ शाओमीले २०२० को तेस्रो त्रैमासिकदेखि शीर्ष स्थान कायम गर्न सफल भएको हो ।
दोस्रो त्रैमासिक २०२१ को मोबाइल फोन ट्रयाकरअनुसार शाओमीले बजारमा सामसुङ, भीभो र टेक्नोको संयुक्तले भन्दा धेरै सेयर ओगटेको छ । २०२१ को दोस्रो त्रैमासिकमा शीर्ष सात स्मार्टफोनमध्ये शाओमीको ६ वटा स्मार्टफोन रहेको थियो । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारी भने, 'हामी IDC अनुसार लगातार ४ क्वार्टरमा नेपालको नम्बर एक स्मार्टफोन कम्पनी हुन पाउँदा अत्यन्तै हर्षित छौँ । हामी हाम्रा मी प्रशंसकहरुबाट प्राप्त भएको माया र समर्थनको लागि आभारी छौँ र हामीले भविष्यमा आफ्नो लागि कायम गरेका सबै स्वर्ण लक्ष्य पूरा गर्नको लागी निरन्तर प्रयास र आशा राखिराखेका छौँ ।'
मी ११, मी ११ एक्स प्रो, रेड मी के २० सिरिज, पोको एफ ३ आदि जस्ता मूल्य क्षेत्रहरुमा धेरै उत्पादनहरुको लन्चको कारण ब्राण्डको बजारमा उल्लेखनीय वृद्धि देखिएको छ । यसका साथै शाओमीले मी वाच लाइट, टिभी स्टिक, ट्रिमर, ब्यान्ड ६, सोनिक बास वायरलेस इयरफोन, पावरब्यान्क आदिसहित नेपालमा ३० वटा नयाँ इकोसिस्टम उत्पादनहरु पनि लन्च गरेको छ । यसको अतिरिक्त अफलाइन नेटवर्क विस्तारको कारणले ब्रान्डको समग्र वृद्धिमा योगदान पुर्याएको कम्पनीले जनाइएको छ । शाओमीले देश भरिमा २०००+ भन्दा धेरै अफलाइन पार्टनर स्टोर र ६००+ मी प्रिफर्ड पार्टनर स्टोरहरुलाई स्थापित गरेको छ । कम्पनीको हाल नेपालको विभिन्न स्थानहरुमा एक बलियो वितरण नेटवर्क रहेको छ ।

























