‘आरबीबी म्युचुअल फण्ड-१’ नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत
वि.सं.२०७८ भदौ ११ शुक्रवार २२:१७
shares

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड कोष प्रवर्द्धक रहेको आरबीबी म्युचुअल फण्डअन्तर्गत सञ्चालित पहिलोे बन्दमुखी योजना ‘आरबीबी म्युचुअल फण्ड-१’ नामको योजना प्रति इकाई १० रुपैयाँका दरले १२ करोड ५० लाख इकाई अर्थात् एक अर्ब २५ करोड नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार हुन सक्ने गरी सूचीकरण गर्ने सम्झौता सम्पन्न भयो ।
उक्त सम्झौता पत्रमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल र आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका थिए । उक्त म्युचुअल फण्डको योजना व्यवस्थापक तथा डिपोजिटरी राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शत प्रतिशत लगानी रहेको सहायक कम्पनीे आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
























