काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

८,७५२ पीसीआर परीक्षणमा १५७७ जनामा कोरोना पुष्टि, २५ जनाको मृत्यु

14.99K
shares

पछिल्लो २४ घण्टामा ८ हजार ७५२ जनामा पीसीआर परीक्षण गर्दा १ हजार ५७७ र ४ हजार ३६५ एन्टिजेन परीक्षणमा ४८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार देशभर पीसीआर एन्टिजेन गरी २ हजार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआरबाट भएको परीक्षणमा ७ लाख ५६ हजार ४९२ पुगेको छ भने एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८२ हजार ४५६ पुगेको छ । शुक्रबार कोरोना संक्रमणबाट २५ जनाले ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट १० हजार ६६३ जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ हजार ३३७ जना रहेको छ । यससँगै हालसम्म कोरोना निको हुनेको संख्या ७ लाख ८ हजार २३० जना पुगेको छ ।

हाल देशभर ३७ हजार ५९९ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये ३४ हजार ६७६ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ९२३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६२२ जना आईसीयू र १७१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।