गृहपृष्ठ ‘म त मर्छु कि क्या हो’ आजबाट ओटीटीमा रिलिज
‘म त मर्छु कि क्या हो’ आजबाट ओटीटीमा रिलिज
प्रिमियम ओटीटी प्लेटफर्म ओहो मुभिजले आजबाट धुर्मुस सुन्तलीको लेखन तथा निर्देशन र सुदिप बरालको छायांकन रहेको हाँस्य चलचित्र ‘म त मर्छु कि क्या हो’ रिलिज भएको छ । प्रिमियम ओटीटी प्लेटफर्म ओहो मुभिज नेपाली सिनेमा पारखीहरूलाई ध्यानमा राखेर डिजाइन गरिएको एक विशेष प्लेटफर्म हो ।
ओहो मुभिजबाट प्रसारण हुने उक्त चलचित्रमा सीताराम कट्टेल, कुन्जना घिमिरे, बुद्धि तामाङ, विजय बराल, रवि गिरी, पल्पसा डंगोल, प्रमिला खनाल, सुमन कोइराला, सुमन कार्की, शुशिला थापा, बालदिप राई तथा घनश्याम गौतमलगायत कलाकारहरूको अभिनय रहेको छ । चलचित्र ‘म त मर्छु कि क्या हो’ हेर्नका लागि प्रभु पे एप डाउनलोड गरि सोही एपबाट शुल्क भुक्तानी गर्न पनि ओहो मुभिजले जनाएको छ ।
प्रकाशित समय : १९:०३ बजे



















