काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

काबुल घटनामा ज्यान गुमाउनेको संख्या सय नाघ्यो

11.21K
shares

अफगानिस्तानको राजधानी काबुलमा भएको बम विस्फोटमा परेर ज्यान गुमाउनेको संख्या एक सय नाघेको छ । अफगानिस्तानको स्वास्थ मन्त्रालयका अनुसार ९० जनाभन्दा धेरैको ज्यान गइसकेको छ ।

त्यसैगरी, १३ जना अमेरिकी सैनिक मारिएको अमेरिकी सेन्ट्रल कमाण्डले जनाएको छ । कमाण्डका अनुसार १८ जना अमेरिकी सैनिक घाइते छन् । घटनामा घाइते हुनको कुल संख्या १५० भन्दा धेरै रहेको अफगानी स्वास्थ मन्त्रालयले जनाएको छ । ३१ अगस्टको समयसीमा सकिन लागेका बेला अमेरिका र अन्य देशहरुले आफ्ना नागरिकलाई अफगानिस्तानबाट निकाल्ने कार्य तीव्र गरिरहेका थिए ।