४५ प्रतिशतले बढ्यो मेगा बैंकको मुनाफा
वि.सं.२०७८ साउन २९ शुक्रवार १७:२४
shares

मेगा बैंकको खुद मूनाफा ४५ प्रतिशतले बढेको छ । बैंकले गत आर्थिक वर्ष २०७७/७८ मा दुई अर्ब ३० करोड रुपैयाँ खुद मूनाफा कमाएको हो । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ४५.१६ प्रतिशतले खुद नाफा बढेको जनाएको छ ।
१४ अर्ब ६५ करोड चुक्ता पुँजी रहेको मेगा बैंकको वितरणयोग्य नाफा एक अर्ब ५१ करोड पुगेको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा एक अर्ब ५८ करोड रुपैयाँ मात्रै कमाएको थियो । बैंकको एक खर्ब ३६ अर्ब निक्षेप संकलन गरेर एक खर्ब ३७ अर्ब कर्जा लगानी गरेको छ ।
























