काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

बेलायतको उत्तरी क्षेत्रमा बोएलो नामक आँधीका कारण जनजीवन अस्तव्यस्त

1.09K
shares

बेलायतको उत्तरी क्षेत्रहरूमा भारी वर्षासहित कडा हुरी आउँदा यहाँको जनजीवन प्रभावित भएको छ ।

आँधीका कारण आइतबार दशौँ हजार घरहरू विद्युत्बिहीन भएका छन् र यातायात सेवाहरू अवरुद्ध भएका छन् । यस मौसममा बेलायतका आएको बोएला दोस्रो ठूलो आँधी हो । यसअघि शुक्रबार अस्टेन नाम दिइएको आँधीले देशका दक्षिणी क्षेत्रहरूमा व्यापक प्रभाव पारेको थियो । इनर्जी नेटवक्र्स एसोसिएसनले बिहान ८ बजेसम्मको अपडेटमा ८२ हजार भन्दा बढी घरहरूमा विद्युत् नभएको जनाएको छ । अस्टेनले पुर्‍याएको क्षतिपछि कटौती भएको विद्युत् सेवा झन्डै तीन लाख ५० हजार ग्राहकहरूमा पुनः जडान गरिएको पनि एसोसिएसनल बताएको छ ।

आँधीका कारण भारी बर्षासहितको हुरी चल्ने चेतावनी जारी गरिएको स्कटल्यान्डमा आँधीपछि रूखहरू ढलेका, बिजुलीका खम्बा ढलेका र र क्षतिग्रस्त सडक सतहका कारण सडक र रेलवे मार्गहरू बन्द गरिएका छन् ।

मौसमसम्बन्धी पूर्वानुमान गर्ने निकाय मेट अफिसका अनुसार पश्चिमी स्कटल्यान्डको आर्गाइल एन्ड ब्युटमा हावाको गति १३५ किलोमिटर प्रति घण्टासम्म पुगेको थियो । स्कटल्यान्ड र उत्तरी इङ्ल्यान्डमा भारी वर्षाको चेतावनी जारी गरिएको छ ।

केही क्षेत्रमा ८० मिलिमिटरसम्म वर्षा हुने अनुमान छ, जसले बाढीको सम्भावना बढाएको छ । उत्तरी आयरल्यान्ड पनि प्रभावित भएको छ, जहाँ बेलफास्टबाट हुने केही उडानहरू रद्द भएका छन्।

बेलफास्ट र उत्तर–पश्चिमी इङ्ल्यान्डबीच आयरिस समुद्र पार गर्ने डुङ्गा सेवा पनि अवरूद्ध बनेको छ । मेट अफिसले बोएलाबाट जोखिम रहेका क्षेत्रमा मानिसहरूलाई सकेसम्म घरभित्रै रहन स्थानीय प्रशासनले निर्देशन जारी गरेको छ।