काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढ्यो 

14.66K
shares

बिहीबार बढेको सुनको मूल्य साताको अन्तिम दिन शुक्रबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ६ सय रूपैयाँ बढेको सुनको मूल्य आज ३ सय रूपैयाँ बढेको हो ।

महासंघका अनुसार बिहीबार तोलामा ८९ हजार ४ सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज ८९ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको हो । त्यस्तै आज तेजावी सुन तोलामा ८९ हजार २५० रूपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार स्थिर रहेको चाँदी आज तोलामा ५ रूपैयाँ घटेको छ । आज चाँदी तोलामा १ हजार १८५ रूपैयाँमा कारोबार भइरहेको हो । बिहीबार चाँदी तोलामा १ हजार १९० रूपैयाँमा कारोबार भएको थियो ।