global ime bank Long Banner Ad

गृहपृष्ठ चलचित्र ‘बैजू वावरा’मा रणवीरको बराबर मागिन् दीपिकाले पारिश्रमिक

चलचित्र ‘बैजू वावरा’मा रणवीरको बराबर मागिन् दीपिकाले पारिश्रमिक

चलचित्र ‘बैजू वावरा’मा रणवीरको बराबर मागिन् दीपिकाले पारिश्रमिक

बलिउड चलचित्र ‘रामलीला’ बाट नायक रणवीर कपुर र नायिका दीपिका पादुकोण अभियनले प्रख्यात भएपछि उनको मूल्य पनि बढ्दै गएको छ । पछिल्लो समयमा नयाँ चलचित्र ‘बैजू वावरा’ निर्माणको तयारीमा छ । सो चलचित्रमा नायक रणवीर सिंह फाइनल भैसकेका छन् ।

भारतीय मिडियाका अनुसार, चलचित्रका लागि नायिकाको रुपमा दीपिका पादुकोणलाई अफर गरिएको थियो । तर, दीपिकाले रणवीर बराबरको पारिश्रमिक माग गरेकी छिन् । दीपिकाले रणवीर बराबरको पारिश्रमिक माग गरेपछि उनी यो प्रोजेक्टबाट बाहिरिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

दीपिका बलिउडकी सफल नायिका हुन् । तर, निर्माणपक्ष उनलाई रणवीर बराबरको पारिश्रमिक दिन तयार छैन । यसैले, पनि उनी अब यो चलचित्रमा नरहने रिपोर्टमा उल्लेख छ । तर, यो विषयमा चलचित्रको निर्माण पक्षले भने केही पनि प्रतिक्रिया दिएको छैन । दीपिका बाहिरिएपछि चलचित्रमा नायिकाको लागि अफर भइरहेको भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।

प्रकाशित समय : १८:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु