Nepalese Flag २०७८ साउन १८ गते सोमबार   |   August 02, 2021

मेगा बैंकको नयाँ योजना : फोनबाटै दुई लाख सम्मको कर्जा प्राप्त गर्न सकिने 

न्युज कारोबार काठमाडौं असार ५, २०७८       

मेगा बैंकको नयाँ योजना : फोनबाटै दुई लाख सम्मको कर्जा प्राप्त गर्न सकिने 

मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकको सुविधाका लागि स्मार्ट फोनबाटै तत्कालै प्राप्त गर्न सकिने कर्जा सुविधा ल्याएको छ ।

\ग्राहकलाई आवश्यक रकम तत्कालै उपलब्ध गराउने हेतूले मेगा बैंकले एफ वन सफ्ट इन्टरनेसनल प्रा.लि. सँगको सहकार्यमा यो कर्जा सुविधा ल्याएको हो । यस सुविधामार्फत् मेगा बैंक नेपाल लिमिटेडमा आफ्नो मासिक तलब खाता भएका विभिन्न संघ संस्था तथा कम्पनीका कर्मचारीहरुले ३० दिन सम्मका लागि अधिकतम् २ लाख रुपैंया उपभोग गर्न सक्नेछन् । 

बिना झन्झट, बिना धितो, बैंकमा उपस्थित नभई, बिना कुनै कागजात तत्कालै फोनमार्फत् कर्जा पाइने भएकाले यो कर्जा सुविधा निकै छिटो र सहज हुने मेगा बैंकका डिजिटल तथा ईबैंकिङ प्रमुख विश्व सिंहले बताए । 

मेगा स्मार्ट बैंकिङ एपमार्फत् अनलाइन आवेदन दिएको केही मिनेटमै ग्राहकलाई ‘भर्चुअल क्रेडिट कार्ड’ मार्फत् खातामा कर्जा रकम जम्मा गरिनेछ भने कर्जा लिन इच्छुक ग्राहकले बैंकको शाखा भ्रमण गर्नु नपर्ने र अन्य कुनै कागजी प्रक्रियाको झन्झट लिनु पर्दैन । कर्जाको लागि आवश्यक सम्पूर्ण प्रक्रिया अनलाइनमार्फत् पूरा भएको अवस्थामा बैंकले तुरुन्त कर्जा प्रवाह गर्ने जनाएको छ ।

सम्बन्धित खबरहरु