काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अप्पर इंगवा जलविद्युतमा बैंक अफ काठमाण्डूको एकल लगानी

20.39K
shares

बैंक अफ काठमाण्डू लिमिटेड र इंगवा जलविद्युत लिमिटेडबीच अप्पर इंगवा जलविद्युत आयोजनामा कर्जा प्रवाह गर्ने सम्बन्धि सम्झौता भएको छ ।

९.७ मेगावट उत्पादन क्षमता रहेको अप्पर इंगवा जलविद्युत आयोजनाको अनुमानित खर्च एक अर्ब ९५ करोड रुपैयाँ रहेको छ । इंगवा जलविद्युतले ताप्लेजुङ र पाँचथर जिल्लाको याङबाराक र सिदिङबा गाउँपालिकामा आयोजनाको निर्माण गरिरहेको छ । उक्त आयोजनामा बैंक अफ काठमाण्डू लिमिटेडको एकल लगानी रहने बैंकले जनाएको छ ।

सम्झौता पत्रमा आयोजनामा कुल लागतको ७५ प्रतिशत बैंक कर्जा वापतको लगानी गर्नेछ भने बाँकी २५ प्रतिशत इंगवा जलविद्युत लिमिटेडले लगानी गर्नेछ । आयोजना पूरा भएपछि उत्पादित विद्युत अमरपुर सबस्टेशनमा जोडिनेछ । सबस्टेशन सम्मको आवश्यक १६ किलोमिटर लामो ३३ केभी प्रसारण लाइन कम्पनी आफैंले निर्माण गर्नेछ । साथै यस कर्जा लगानीपश्चात् जलविद्युत आयोजना निर्माणमा सहयोग पुग्ने र समय सीमामा नै आयोजनाको निर्माण कार्य सम्पन्न हुने विश्वास बैंकले लिएको छ ।

बैंकका ९० शाखा कार्यालयहरु, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई सेवा दिइरहेको छ । साथै, बैंक अफ काठमाण्डू नेपालको उर्जा क्षेत्रहरु (सौर्य तथा जलविद्युत) को विकासको लागि बैंकिङ क्षेत्रबाट लगानी गर्ने पहिलो बैंक रहेको छ । बैंकले अहिलेसम्म विभिन्न ३७ वटा परियोजनामा लगानी गरिसकेको छ ।