काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आजको मौसम : अधिकांश भू-भागमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

22.09K
shares

आज देशका अधिकांश भू-भागमा भारी वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङ्सहित भारी वर्षा हुने सम्भावना रहेकोले जनाएको हो ।

पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले पहाडी क्षेत्र र तटीय क्षेत्रमा बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाका अनुसार आज देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको पश्चिमी भू-भाग नजिक मनसुनी न्युन चापीय रेखा रहेको छ भने देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।