Nepalese Flag २०७८ साउन १८ गते सोमबार   |   August 02, 2021

चाँगुनारायण र मध्यपुरद्घारा मेलम्ची र हेलम्बुलाई सहयोग

न्युज कारोबार भक्तपुर असार ५, २०७८       

चाँगुनारायण र मध्यपुरद्घारा मेलम्ची र हेलम्बुलाई सहयोग फाइल तस्बिर ।

चाँगुनारायण र मध्यपुरथिमि नगरपालिकाले बाढी र डुवानबाट प्रभावितको उद्धार तथा राहतका लागि सिन्धुपाल्चोकका मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई आर्थिक सहयोग प्रदान गरेका छन् । 

चाँगुनारायण नगरपालिकाको शुक्रबार बसेको कार्यपालिका बैठकले मेलम्ची नगरपालिकालाई १० लाख रुपैयाँ र हेलम्बु गाउँपालिकालाई पाँच लाख दिने निर्णय गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए । नगरप्रमुख मिश्र र उपप्रमुख बिना बास्तोलाको टोली आजै मेचम्ची गएका छन् । 

त्यसैगरी मध्यपुरथिमि नगरपालिकाले पनि मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई २२ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । नगरपालिकाको शुक्रबार बसेको कार्यपालिका बैठकले विपद्मा परेको दुई पालिकाका नागरिकको उद्घार र राहत वितरणमा टेवा पुर्याउन रकम दिने निर्णय गरेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।
 
नगरपालिकाले मेलम्चीलाई ११ लाख ११ हजार १११ रुपैयाँ र हेलम्बुलाई ११ लाख ११ हजार १११ रुपैयाँ गरी २२ लाख २२ हजार २२ रुपैयाँ सहयोग गर्ने निर्णयअनुसार रकम बैँकमार्फत पठाउने उनले जानकारी दिए ।

सम्बन्धित खबरहरु