Nepalese Flag २०७८ साउन १८ गते सोमबार   |   August 02, 2021

‘हाम्रो परिवार, राम्रो परिवार’द्वारा ललितको परिवारलाई सहयोग

न्युज कारोबार काठमाडौं असार ५, २०७८       

‘हाम्रो परिवार, राम्रो परिवार’द्वारा ललितको परिवारलाई सहयोग

शारीरिक अपांगता भएका ललित तामाङको परिवारलाई ‘हाम्रो परिवार, राम्रो परिवार’ समूहले खाद्यान्न तथा शैक्षिक सामग्री प्रदान गरेको छ ।

धादिङको गल्छी गाउँपालिका–८ चरिपौवामा बस्दै आएका ललितको परिवारका तीन सदस्य शारिरीक अपांगता भएका छन् । ललित आफूसहित उनका दुई सन्तान अपांग छन् । उपचारमा समस्या भएका तामाङ परिवारलाई खाद्यान्नको समेत अभाव भएपछि हाम्रो परिवार, राम्रो परिवार समूहले खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरेको समूहका सचिव दिपेन्द्र खण्डकाले जानकारी दिए ।

सो समूहले निषेधाज्ञाले समस्यामा परेका परिवारलाई राहत वितरण गर्दै आएको छ ।

सम्बन्धित खबरहरु