काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

15.75K
shares

म्याग्दीको सदरमुकाम बेनी बजार संरक्षणका लागि प्रयोग भएको कम्पोजिट प्रविधिको पर्खाल प्रभावकारी बनेको छ । बेनी बजारलाई कालीगण्डकी र म्याग्दी नदीको कटानबाट बचाउन रुपाताल संरक्षण एकिकृत विकास परियोजनाले चालू आर्थिक वर्षदेखि कम्पोजिट प्रविधिको पर्खाल निर्माण गर्न थालेको थियो । यसअघि नदी किनारमा ढलान, ग्यावीयन र मेसिनरी पर्खाल निर्माण गरिदै आएको थियो । 

बेनी नगरपालिका–८ का वडा अध्यक्ष रामकृष्ण बराइलीले जगमा आरसिसी र माथि मेसिनरी अथवा ग्यावीयन पर्खाल लगाउने कम्पोजिट पर्खाल सफल देखिएको बताए । ‘यस्तो पर्खाल लगाएको ठाउँमा बाढीले क्षति पु¥याएको छैन,’ उनले भने, ‘आगामी वर्षको योजनामा पनि यो खालको पर्खाललाई निरन्तरता दिने सोच छ ।’ यस वर्ष मंगलाघाट र कालीपुल क्षेत्रमा एक सय मिटर भन्दा बढी उक्त पर्खाल निर्माण भएको थियो । विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर०मा आरसिसी, मेसिनरी र ग्यावीयन पर्खाल बनाएर नदी नियन्त्रण गर्ने प्रस्ताव गरिएको थियो । 

खोलाको सतहदेखि दुई मिटर तलसम्म जग खनेर चार मिटर चौडाइको आरसीसी गरेको पर्खाल बनाइएको परियोजनाका इञ्जिनियर कृष्ण बिश्वकर्माले बताए । मंगलाघाटतर्फ आरसीसी पर्खालमाथि साढे तीन मिटर अग्लो मेसिनरी र कालीपुल क्षेत्रमा साढे तीन मिटरकै अग्लो ग्यावीयन पर्खाल लगाइएको छ । कालीगण्डकीमा मंगलबार राति आएको बाढीले बेनीको संगमचोक पछाडि र कालीपुल बसपार्क क्षेत्रमा यसअघि निर्माण भएको करिब ३० मिटर ग्यावीयन पर्खाल लडाएर कटान गर्न थालेको छ । विसं २०७५ भदौमा कालीगण्डकीमा आएको बाढीले मंगलबार भत्किएको भन्दा माथि निर्माण भएको पक्कि पर्खाल पल्टाएको थियो । 

कम्पोजिट पर्खाल निर्माण भएको ठाउँमा बाढीले क्षति पु¥याएको छैन् । अस्थाइ प्रकृतिको ग्यावीयन र पक्कि आरसिसी पर्खाल दुबैले बाढी थेग्न नसकेपछि विकल्पमा उक्त पर्खाललाई प्राथमिकता दिएको परियोजनाका इञ्जिनियर बिश्वकर्माले बताए । 

यसअघि निर्माण भएको पक्कि आरसीसी पर्खाल बाढीले लडाएपछि त्यसको विकल्प खोजीएको थियो । परियोजनाले यस वर्ष म्याग्दी बेनी तर्फ तीन करोड रुपैयाँ र पर्वत बेनीतर्फ दुई करोड रुपैयाँ बराबरको नदी नियन्त्रणको काम गरेको छ । जलजला गाउँपालिका ३ मा पर्ने गुफाटोल क्षेत्रमा ४५ मिटर लामो र ६ मिटर अग्लो पक्की पर्खाल निर्माण भएको छ । वारिबेनी र बगरफाँट स्थित कालीगण्डकी किनारमा थप ग्यावीयन पर्खाल निर्माण भएको छ । म्याग्दी बेनी तर्फ पनि यसअघि निर्माण भएको पर्खाल संरक्षणका लागि थप पर्खाल लगाइएको छ । उर्जा, सिँचाई तथा जलस्रोत मन्त्रालयको जोखिमयुक्त जिल्ला सदरमुकाम बचावट कार्यक्रम अन्तर्गत परियोजनाले बेनीमा तीन वर्षयता नदी नियन्त्रण आयोजना सञ्चालन गर्दै आएको छ । (रासस)