काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

काठमाडौंमा ढिस्कोले पुरेर २ जनाको मृत्यु, २ घाइते

15.94K
shares

काठमाडौंको चन्द्रागिरी नगरपालिका- १३ स्थित पुरानो नैकापमा बुधबार ढिस्कोमा पुरिएर दुईजनाको मृत्यु भएको छ । पर्खाल लगाउने क्रममा ढिस्को खस्दा दुई जनाको मृत्यु भएको महानगरीय प्रहरी वृत थानकोटका डीएसपी मोहन खाँणले बताए ।

डीएसपी खाँणका अनुसार उदयपुर बेलका- ८ घर भएकी ३५ वर्षीया सीता राई र मकवानपुर राङसिराङ गाउँपालिका- ९ घर भएका २० वर्षीय टेकबहादुर चेपाङकाे मृत्यु भएकाे हाे । पर्खालले थिचेर उदयपुर कटारी घर भएका  २१ वर्षका मिलन तामाङ र  धादिङ गल्छी गाउँपालिका घर भएका १८ वर्षिय हरि घले गम्भीर घाइते छन् । उनीहरू दुवैकाे मनमाेहन अस्पतालमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ ।