काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बाँसका सामग्री बनाउने पेसामा सबै समुदायको आकर्षण

357
shares

धनुषा। तराई–मधेसमा परम्परागत रूपमा डोम समुदायसँग जोडिएको बाँसका सामग्री बनाउने पेसामा पछिल्लो समय अन्य समुदायका मानिससमेत आकर्षित हुन थालेका छन् । घरमै बसेर सीप र श्रमको उपयोग गरी आम्दानी गर्न सकिने भएपछि धनुषाको धनौजी गाउँपालिका–३ स्थित कटैयागाउँका विभित्र जातजाति र समुदायका मानिस यस पेसामा आबद्ध भएका हुन् ।

तराई–मधेसका गाउँबस्तीमा बाँसबाट बनेका ढक्की, डालो, नाङ्लो, सुप्पालगायत सामग्रीको प्रयोग परापूर्वकालदेखि हुँदै आएको छ । घरायसी कामकाजदेखि धार्मिक तथा सांस्कृतिक गतिविधिसम्म प्रयोग हुने यस्ता सामग्री विशेषगरी छठ, विवाह र व्रतबन्धजस्ता पर्व तथा संस्कारमा आवश्यक मानिन्छन् । परम्परागत रूपमा यी सामग्री बनाउने काम डोम समुदायको पेसाका रूपमा परिचित छ ।

पुस्तौँदेखि बाँसको चोया निकालेर विभित्र सामग्री बुन्दै आएको डोम समुदायको जीविकोपार्जनको प्रमुख आधार पनि यही पेसा हो । तर, पछिल्लो समय यो सीप कुनै एउटा जाति वा समुदायमा मात्र सीमित नरही अन्य समुदायमा पनि विस्तार हुँदै गएको छ ।

धनौजी गाउँपालिका–३ को कटैयागाउँमा मुखिया, मण्डल, यादव, चमार, मुस्लिम र साहलगायत समुदायका मानिस बाँसका सामग्री बनाउने काममा संलग्न छन् । स्थानीय निर्धन मुखियाका अनुसार गाउँका करिब दुई सय जना यस पेसामा आबद्ध छन् । गाउँमा रहेका डेढ सय घरपरिवारमध्ये अधिकांशका सदस्य कुनै न कुनै रूपमा बाँसका सामग्री उत्पादनमा संलग्न रहेको उहाँले बताए ।

“डोम समुदायले मात्र बाँसका सामग्री बुन्छन् भत्रे सोच सही होइन । सीप हुनेले जुनसुकै समुदायका मानिसले पनि यो काम गरेर आम्दानी गर्न सक्छन्,” मुखियाले भने।

उनका अनुसार कटैयामा विभित्र समुदायका मानिसले एकअर्काबाट सीप सिकेर यो पेसा अपनाएका हुन् । सुरुमा केही परिवारले मात्र गर्दै आएको काम विस्तारै अन्य परिवारमा पनि फैलिएको हो । बाँसका सामग्री उत्पादन गर्न ठूलो लगानी आवश्यक नपर्ने र उत्पादित सामग्री बिक्रीबाट आम्दानी गर्न सकिने भएकाले स्थानीय बासिन्दाको आकर्षण बढेको उनको भनाइ छ ।

बाँसका सामग्री उत्पादनमा संलग्न स्थानीय अरबिन्दकुमार साह पनि यसलाई जातीय पहिचानसँग जोडेर हेर्न नहुने बताउछन् । लामो समयदेखि बाँसको चोयाबाट ढक्कीलगायत सामग्री बनाउँदै आउनुभएका उहाँका अनुसार कटैयामा डोम समुदायबाहेक अन्य समुदायका मानिस पनि उल्लेख्य सङ्ख्यामा यो पेसामा संलग्न छन् ।

साहका विचारमा कुनै पनि काम सानो वा ठूलो हुँदैन । सीप र मेहनतबाट आम्दानी गर्न सकिने भएकाले पेसालाई जातीय प्रतिष्ठासँग जोडेर हेर्न आवश्यक छैन । काम गर्न लाज मात्रे प्रवृत्तिले बेरोजगारी बढाउने उनको बुझाइ छ ।

“त्यसै बसिरहँदा कसैले दुई रुपियाँ दिँदैन । जुनसुकै काम भए पनि लाज मात्रुहुँदैन । काम गरेर खानुपर्छ,” उनले भने।

उनका अनुसार बाँसका सामग्री बनाएर दैनिक करिब रु एक हजारसम्म आम्दानी हुने गरेको छ । कामको मात्रा, सामग्रीको प्रकार र बजारको मागअनुसार आम्दानी फरक पर्ने भए पनि यसबाट घरखर्च चलाउन सहयोग पुगेको उनले बताए ।

कतिपय इष्टमित्र तथा आफन्तले अन्य व्यवसाय गर्न सुझाव दिए पनि आफूलाई यही पेसाबाट हुने आम्दानी र कामप्रति सन्तुष्टि रहेको साहले बताए । घरमै बसेर आफ्नै सीप प्रयोग गरी काम गर्न सकिने र उत्पादित सामग्रीको बजारमा मागसमेत रहेकाले यसलाई निरन्तरता दिएको उनको भनाइ छ ।

छठसँगै बढ्छ बाँसका सामग्रीको माग

छठपर्व नजिकिएसँगै कटैयागाउँमा बाँसका सामग्री बनाउनेहरूको व्यस्तता बढेको छ । पूजाका लागि आवश्यक ढक्की, डालो, नाङ्लो र सुप्पालगायत सामग्रीको माग बढेपछि स्थानीयलाई उत्पादन गर्न भ्याइनभ्याइ भएको छ ।

तराई–मधेसमा छठपर्व विशेष श्रद्धा र आस्थाका साथ मनाइन्छ । सूर्यदेव र छठी माताको पूजा आराधनाका क्रममा बाँसबाट बनेका सामग्री प्रयोग गरिन्छ । पूजा सामग्री राख्नेदेखि प्रसाद र फलफूल सजाउनेसम्मका काममा ढक्की, डालो र सुप्पाको प्रयोग हुने गर्छ । बाँसका सामग्रीलाई परम्परागत र पवित्र मानिने भएकाले छठका बेला यसको माग अन्य समयभन्दा बढी हुने गरेको छ ।

पर्वका बेला माग बढ्ने भएकाले उत्पादकहरू पहिले नै तयारीमा जुट्ने गरेका छन् । बजारको मागअनुसार सामग्री तयार पार्न परिवारका अन्य सदस्यसमेत काममा खटिने गरेका छन् । यस समयमा उत्पादन भएका सामग्री सहजै बिक्री हुने गरेको स्थानीयको अनुभव छ ।

यद्यपि, कटैयाका बासिन्दाको यो पेसा छठपर्वमा मात्र सीमित छैन । वर्षभरि घरायसी प्रयोजनका लागि आवश्यक ढक्की, डालो, नाङ्लो र अन्य सामग्री उत्पादन हुने गरेको छ । पर्वविशेषमा बिक्री बढे पनि अन्य समयमा पनि बजारको माग रहने भएकाले यसबाट नियमित आम्दानी हुने गरेको स्थानीय बताउँछन् ।

उत्पादित सामग्री बिक्री गर्न स्थानीयलाई टाढाका बजारसम्म पुग्नुपर्ने बाध्यता पनि छैन । व्यापारीहरू सामग्री खरिद गर्न गाउँमै आउने गरेका छन् । यसले उत्पादकलाई बजार खोज्न र ढुवानीमा लाग्ने खर्च कम गर्न सहयोग पुगेको छ । गाउँमै उत्पादन गरी व्यापारीमार्फत बिक्री गर्न सकिने भएकाले धेरै परिवारले यसलाई आम्दानीको नियमित स्रोत बनाएका छन् ।

घरमै रोजगारी र आम्दानी

बाँसका सामग्री बनाउने कामका लागि ठूलो उद्योग, आधुनिक मेसिन वा धेरै जनशक्ति आवश्यक पर्दैन । सामान्य औजार, बाँस र सीपको सहायताले घरमै बसेर यो काम गर्न सकिन्छ । परिवारका सदस्यले आफ्नो अनुकूल समयमा काम गर्न सक्ने भएकाले ग्रामीण क्षेत्रका बासिन्दाका लागि यो पेसा आयआर्जनको माध्यम बनेको छ ।

गाउँमा रोजगारीका अवसर सीमित रहेका बेला स्थानीय स्रोतसाधनको उपयोग गरी आम्दानी गर्न सकिने यो एउटा सम्भावनायुक्त पेसा हो । गाउँमै बसेर काम गर्न चाहने तथा अन्य रोजगारीमा संलग्न हुन नसक्नेहरूका लागि बाँसका सामग्री उत्पादनले स्वरोजगारको अवसर दिएको छ ।

यस पेसामा संलग्न परिवारले आफ्नो अनुभव र सीपका आधारमा विभित्र आकार तथा प्रकारका सामग्री उत्पादन गर्दै आएका छन् । बजारको मागअनुसार सामग्रीको आकार, बनावट र गुणस्तरमा ध्यान दिनुपर्ने हुन्छ । ग्राहकको आवश्यकता बुझेर सामग्री उत्पादन गर्न सके बिक्री सहज हुने स्थानीयको अनुभव छ ।

यद्यपि, यस पेसालाई थप व्यवस्थित र व्यावसायिक बनाउन बाँसको सहज उपलब्धता, उचित मूल्य, उत्पादनको गुणस्तर र बजार विस्तारमा ध्यान दिनुपर्ने देखिन्छ । परम्परागत सीपलाई बजारको आवश्यकतासँग जोड्न सके यसबाट थप आम्दानी लिन सकिने सम्भावना छ । स्थानीयस्तरमै सीप विकास, उत्पादन विविधीकरण र बजारीकरणमा सहयोग पुर्याउन सके बाँसका सामग्री उत्पादन ग्रामीण अर्थतन्त्रको महत्त्वपूर्ण आधार बत्र सक्छ ।

सीपको विस्तारसँगै सामाजिक सोचमा परिवर्तन

कटैयागाउँमा विभित्र समुदायका मानिस एउटै पेसामा आबद्ध हुनुले सामाजिक परिवर्तनको सन्देश पनि दिएको छ । परम्परागत रूपमा निश्चित जाति वा समुदायसँग जोडिएका पेसा अन्य समुदायले पनि अपनाउन थालेपछि श्रम र पेसाप्रतिको सामाजिक दृष्टिकोणमा परिवर्तन आउन थालेको देखिन्छ ।

समाजमा लामो समयदेखि जात र समुदायका आधारमा पेसाको पहिचान गर्ने प्रवृत्ति रहँदै आएको छ । कतिपय पेसालाई निश्चित समुदायको कामका रूपमा हेर्ने सोच अझै कायम छ । तर कटैयाका बासिन्दाले सीप र श्रमलाई प्राथमिकता दिँदै यस्तो सोचलाई चुनौती दिएका छन् ।

स्थानीय बासिन्दाका अनुसार कामको सम्मान हुनुपर्छ, काम गर्ने व्यक्तिको जात वा समुदाय हेर्नुहुँदैन । मेहनत गरेर जीविकोपार्जन गर्नु नै महत्त्वपूर्ण कुरा हो । यही सोचका कारण गाउँमा विभित्र समुदायका मानिस एउटै पेसामा आबद्ध हुन सहज भएको छ ।

बाँसका सामग्री बनाउने पेसाले कटैयाका बासिन्दालाई आम्दानीको अवसर दिनुका साथै परम्परागत सामाजिक मान्यतामाथि पुनर्विचार गर्नसमेत प्रेरित गरेको छ । एउटा समुदायमा पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सीप अन्य समुदायमा पनि विस्तार हुनु श्रमको सम्मान र सीपको निरन्तरताका दृष्टिले महत्त्वपूर्ण मानिएको छ ।

धनौजी गाउँपालिकाका अध्यक्ष राजकुमार साहका अनुसार कटैयागाउँको अभ्यासले परम्परागत पेसा र सीपलाई जातीय घेराभन्दा माथि उठाएर हेर्नुपर्ने सन्देश दिएको छ ।

“कुनै पनि पेसा सानो वा ठूलो हुँदैन, त्यसमा लाग्ने सीप, मेहनत र इमानदार प्रयास नै महत्त्वपूर्ण हुन्छ भत्रे उदाहरण यहाँका बासिन्दाले प्रस्तुत गरेका छन्,” उनले भने ।

बाँसको चोयाबाट सामग्री बुनेर जीविकोपार्जन गरिरहेका स्थानीयको प्रयासले स्थानीय स्रोतसाधनको उपयोग, स्वरोजगार र सामाजिक सद्भावलाई एकसाथ जोडेको अध्यक्ष साहले बताउनुभयो ।
((