काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विश्वकप छनोटका खेलहरू कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने

14.97K
shares

यही जेठ २० देखि कुवेतमा हुने फिफा विश्वकप छनाेटअन्तगर्त नेपालले खेल्ने तीनै खेलको प्रत्यक्ष प्रशारण कान्तिपुर टेलिभिजनले गर्ने भएको छ । यसका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) र कान्तिपुर टेलिभिजनबीच सम्झौता भएको छ ।

फिफा विश्वकप छनाेटको दोस्रो चरणमा नेपालले कुवेतमा तीन खेल खेल्नेछ । नेपालले जेठ २० गते चाइनिज ताइपेई, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्ने तालिका छ । नेपालले घरेलु मैदानमा खेल्नुपर्ने प्रतियोगिता कोभिड महामारी कारण अवे मैदानमा खेल्न लागेको हो । एशियन फुटबल महासंघले समुह 'बी' का सबै खेल कुवेतमा गराउने निर्णयअनुसार नेपालले कुवेतमा दोस्रो चरणका खेल खेल्न लागेको हो ।  नेपालले खेल्ने सबै खेल नेपाली समयअनुसार रातकाे ९:४५ बजेबाट सुरू हुने छन् ।

विश्व कप छनोटअन्तर्गत नेपालले कुवेतसँग दुवै खेल भने खेलिसकेको छ । पहिलो खेलमा कुवेतकाे मैदानमा ७-० को हार बेहोरेको नेपालले भुटानमा भएको खेलमा १-० ले गुमाएको थियो । दशरथ रंगशालाकाे निर्माण पूरा नभएका कारण न्यूट्रल भेन्यूका रुपमा नेपाल र कुवेतले भुटानकाे थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा खेलेका थिए । अन्य अवे खेलमा चाइनिज ताइपेलाई २-० ले हराएको नेपालले अष्ट्रेलियासँग ५-० र जोर्डनसँग ३-० को पराजय भोगेको थियो । ५ खेलमा १ जित र ४ खेलमा हार बेहोरेको नेपाल अहिले ३ अंकका साथ चौथो स्थानमा छ । अष्ट्रेलिया १२ अंकका साथ शीर्षस्थानमा छ भने कुवेत र जोर्डनको समान १० अंक छ । अंक तालिको पुछारमा रहेको ताइपेइले अंक जोड्न सकेको छैन ।