मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध
वि.सं.२०७८ जेठ १९ बुधवार १३:२३
shares

आज प्रदेश १ लगायत पहाडी भू-भागका केही तथा तराईका एक-दुई स्थानमा मेघ गर्जनसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशभरकाे माैसम बदली हुने छ ।
'हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र भारतको पश्चिम बंगाल तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव छ । भोलि प्रदेश १ लगायत पहाडी भू-भागमा मेघ गर्जनसहित वर्षा हुन सक्ने छ भने देशभर बदली हुने छ,' महाशाखाले उल्लेख गरेकाे छ । त्यस्तै शुक्रबार पहाडी भू-भागमा बदली रही केही स्थानमा पानी पर्ने महाशाखाको पूर्वानुमान छ ।
यसैबीच देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेकाे छ ।

























