काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सुरक्षाकर्मी र पत्रकारलाई स्वास्थ्य सामग्री सहयोग

11.89K
shares

चितवन उद्योग संघ चितवनको इच्छाकामना गाउँपालिका र माडी नगरपालिकाका सुरक्षाकर्मी र पत्रकारहरुलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । मंगलबार दुवै पालिकाभित्र कार्यरत सुरक्षाकर्मी र पत्रकारलाई स्वास्थ्य सामग्री सहयोग गरिएको हो ।

चितवन उद्योग संघ इच्छाकामना एकाइको सहकार्यमा गाउँपालिका परिसर कुरिनटारमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, इलाका प्रहरी कार्यालय मुग्लिन र पत्रकारहरुलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको हो । सशस्त्र  प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयलाई दुई हजार ५०० थान मास्क, ९० वटा स्यानिटाइजर, तीन सेट पीपीई, ५० सेट फेस शिल्ड, ५० कार्टुन पानी, इलाका  प्रहरी  कार्यालय मुग्लिनलाई दुई अजार ५०० मास्क, ९० वटा स्यानिटाइजर, तीन सेट पीपीई, ५० सेट फेस शिल्ड र २० कार्टुन पानी तथा पत्रकारका लागि ७५० पिस मास्क, १५ वटा स्यानिटाइजर र १५ सेट फेस  शिल्ड सहयोग गरिएको हो ।

चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष त्रिलोचन कडेँल, गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङ र चितवनउद्योग संघ इच्छाकामना एकाइका अध्यक्ष अमरबहादुर अधिकारीले सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन शिक्षालय कुरिनटारका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक कालिदास धौवजी, इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख इन्स्पेक्टर सूर्यबहादुर राना मगरलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे । उनीरूले पत्रकारहरूलाई स्वास्थ्य सामग्री प्रदान गरेका थिए । (रासस)