कोभिड-१९ को नि:शुल्क परामर्श सेवा प्रदान गर्न जीवी हेल्थ र न्येफबीच साझेदारी
वि.सं.२०७८ जेठ ७ शुक्रवार १८:२१
shares

पछिल्ला दिनहरूमा नेपालमा कोभिड-१९ का बिरामीहरू वृद्धि भइरहेको छ । यसले देशभर स्वास्थ्य आपतकालिन सिर्जना गर्दै छ । दिन प्रतिदिन बढ्दै गएको कोरोना संक्रमितका कारण भेन्टिलेटर, अक्सिजन र अन्य चिकित्सा आवश्यकताहरूको कमीले संक्रमण भएकाहरुको हेरचाह गर्न कठिनाई भैरहेको छ ।
यसैबीच जीवी हेल्थ प्रालि र न्येफ जीवी एप प्लेटफर्ममा कोभिड-१९ बिरामीको लागि एक निःशुल्क परामर्श सेवा प्रस्ताव गरेको छ । एमडी र डीम(MD र DM) माथिको योग्यता भएका विशेषज्ञहरू हप्तामा दुई पटक नि:शुल्क अनलाइन भिडियो परामर्श सेवाको लागि उपलब्ध हुनेछन् । यस सेवाको लाभ लिनको लागि सेवाग्राहीले प्ले स्टोर(Play store) वा एप स्टोर(app store) बाट जीवी(jeevee) डाउनलोड गर्नुपर्नेछ । प्रयोगकर्ताको रूपमा दर्ता गरी सेवाग्राहीले नमस्ते डाक्टरमार्फत सुविधामार्फत नि:शुल्क परामर्श बुक गर्न सक्नेछन् ।
हाल यो सेवा जीवी एपमा मात्र उपलब्ध छ । यो सेवा नमस्ते डाक्टर भनिने जीवीको अवस्थित सेवा अन्तर्गत सुरू गरिएको हो । जहाँ ग्राहकले एन्ड्रोक्रिनोलॉजिस्ट, त्वचा विशेषज्ञ, इत्यादिसहित नेपालका १०००+ शीर्ष विशेषज्ञसँग भिडियो परामर्श लिन सक्नेछन् । जीवी हेल्थ २०१९ देखि ई-फार्मास्युटिकल क्षेत्रमा संलग्न छ । मुख्यतया जीवी एप र भर्खरै सुरू गरिएको वेबसाइट संस्करण http://www.jeevee.com को माध्यमबाट काम गर्दै आइरहेको जीवी हेल्थ को लक्ष्य भनेको टेक्नोलोजीको माध्यमबाट नेपालमा स्वास्थ्य सेवा परिवर्तन र पुनर्सचना गर्नु हो । नमस्ते डाक्टर महामारीको बेलामा क्लिनिकल सहायताको पहुँचको अभावलाई कम गर्नका लागि २०२० मा तीन हप्तामा सुरू गरिएको थियो । यसले डाक्टरलाई वास्तविक समय डिजिटल प्रिस्क्रिप्सन प्रदान गर्न र घरको फार्मेसीबाट बिरामीलाई उनीहरूको औषधि र स्वास्थ्य आवश्यकताहरू घरमा प्राप्त गर्न अनुमति दिएर देशका टेलिमेडिसिनका अन्य रूपहरूबाट सहयोग गर्न लागि परेको छ ।
जीवी हेल्थ एक नाफा नकमाउने संस्था हो जुन सकारात्मक व्यापारिक सोचलाई सशक्त पार्ने लक्ष्य राख्दछ । यसले उत्तम नेपालतर्फ सामूहिक नेतृत्वलाई बढावा दिन्छ । यो सेवाले नेपालको अग्रणी स्वास्थ्य अनुप्रयोग र देशको एक सक्रिय समूहद्वारा प्रदान गरिएको सेवाले चिकित्सा पेसेवरबाट कुनै उचित पर्यवेक्षणबिना नै घरबाट अलग रहेका मानिसलाई केही राहत प्रदान गर्ने अपेक्षा गरिएको छ । यसले व्यक्तिलाई बढी सचेत गराउन र सावधानी अपनाउन सहयोग पुर्याउँछ जुन नयाँ संक्रमणको संख्या घटाउन सहयोग गर्दछ ।

























