काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पाँच वर्षमा १ लाख डिजिटल ट्यालेन्ट विकास गर्नेगरी ह्वावेद्वारा दक्षिण एशियालाई सहयोग

19.09K
shares

सरकार, विश्वविद्यालय र औद्योगिक साझेदारहरूसँगको संयुक्त साथमा ह्वावेले दक्षिण एशियाली मुलुकलाई सहयोग गर्ने बताएका छन् । बिहीबार डिजिटल टेलेन्ट क्षेत्रीय शिखर सम्मेलनको वेविनार कार्यक्रममा ह्वावेका प्रवक्ताले एशियाली मुलुक बंगलादेश, श्रीलंका र नेपाललाई आगामी पाँच वर्षमा १ लाख डिजिटल ट्यालेन्ट विकास गर्न सहयोग गर्नेबारे बताएका हुन् । 

'समावेशी डिजिटल समृद्धिको लागि ट्यालेन्ट ईकोसिस्टम उत्पादन गर्ने,' शीर्षक रहेको शिखर सम्मेलनले तीन देशका मन्त्री र विद्धान, युनेस्को र आईसीटी उद्योगका विज्ञ प्रतिनिधिहरूलाई डिजिटल सीपको अन्तरलाई कम गर्न र महामारी पश्चातको आर्थिक पुनप्राप्तिमा डिजिटल रूपान्तरणको सहजीकरणका लागि सहयोगी पहलहरूको अन्वेषण गर्न एकै ठाँउ ल्याएको हो । 'हामी विश्वास गर्छौं कि ट्यालेन्ट इकोसिस्टम आर्थिक पुनप्राप्ति र एक दीर्घ चिरस्थायी डिजिटल भविष्यको आधारशिला हो । यद्यपि डिजिटल सीपको अभाव धेरै देशहरूको सबैभन्दा ठूलो चुनौती हो,' शिखर सम्मेलनमा ह्वावे एसिया प्रशान्तका उपाध्यक्ष जे चेनले भने । उनले थपे, 'आगामी पाँच वर्षमा ह्वावेले १ लाख भन्दा बढी आईसीटी ट्यालेन्टको विकास र निर्माण गर्ने अपेक्षा राखेको छ र यस गतिशील क्षेत्रमा विशेष गरी बंगलादेश, श्रीलंका र नेपालमा एक जीवन्त डिजिटल ट्यालेन्टइको सिस्टम निर्माण गर्ने छ।'

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरि बस्यालले भने, 'डिजिटल ट्यालेन्टको विकास डिजिटलाइजेशनको सधैँ महत्वपूर्ण तत्व हुन्छ, र नेपाल सरकार सधैँ प्रविधि विस्तार गर्न र प्राविधिक विशेषज्ञको रोस्टर बनाएर डिजिटल नेपाल अभियानलाई सफल बनाउन काम गरिरहेको छ । ह्वावेले जहिले पनि प्राविधिक सहयोग प्रदान गर्दै आइरहेको छ र नेपालमा आईसीटीसम्बन्धित परियोजनाको विस्तार पनि गर्दै आइरहेको छ।' उनले डिजिटल रूपान्तरणले समाजमा निकै ठूलो परिवर्तन ल्याउने र यो युवालाई कुनै सीप सिकाउन महत्वपूर्ण रहेको उल्लेख गरे । अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूले दिगो विकासको लागि डिजिटल सीपको अन्तर कम गर्ने कुरामा जोड दिएका थिए ।

महामारीको बखत ह्वावेले युनेस्कोलगायतका साझेदारसँग विद्यार्थी र प्रोफेसनललाई डिजिटल सोलुसन र डिस्टान्स लर्निंग प्रदान गर्न सहयोग गरेको छ । यस टेक कम्पनीले डिजिटल ट्यालेन्ट विकास पहल विस्तार गर्ने र एउटा एण्ड–टु–एण्ड ह्वावे ट्यालेन्ट प्लेटफार्म प्रदान गर्ने योजना बनाएको छ । जसले सिक्न खोज्नेहरूलाई उनीहरूको क्षमता सुधार गर्न मद्दत पुयाउँछ र वान–स्टप सेवा, अनलाइन कोर्स, परीक्षा, सर्टीफिकेट र कामको खोजी प्रदान गरी उनीहरूलाई करियर विकासमा सहयोग गर्ने छ ।