साताको अन्तिम दिन सुनको मूल्य घट्यो
वि.सं.२०७८ जेठ ७ शुक्रवार १६:५४
shares

बिहीबार बढेको सुनको मूल्य साताको अन्तिम दिन शुक्रबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ४ सय रूपैयाँ बढेको सुनको मूल्य आज ४ सय रूपैयाँ नै घटेको हो ।
आज छापावाल सुन तोलामा ९३ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुनको मूल्य ९३ हजार ७ सय रूपैयाँ तोकिएको थियो । त्यस्तै शुक्रबारको लागि तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रूपैयाँ कायम गरिएको छ ।
बिहीबार तोलामा १० रूपैयाँ घटेको चाँदी आज पनि १० रूपैयाँ नै घटेको महासंघले जनाएको छ । महासंघका अनुसार बिहीबार तोलामा एक हजार ३ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३ सय ५० रूपैयाँमा कारोबार भएको छ ।

























