काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एन्फाको बन्द प्रशिक्षण : राष्ट्रिय टोलीमा ५ नयाँ अनुहार, विकेश र तेज अटाएनन्

16.76K
shares

विश्वकप छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले बन्द प्रशिक्षणमा ३२ खेलाडीलाई बाेलाएकाे छ । नेपाली टिमका नियमित सदस्य तथा गोलकिपर विकेश कुथु र मिडफिल्डर तेज तामाङ यसपटक टाेलीमा परेका छैनन् । यस्तै अजित भण्डारी,संजोक राई, छिरिङ गुरुङ र त्रिदेभ गुरुङ पनि टाेलीमा अटाएका छैनन् । चोटका कारण मिडफिल्डर सुजल श्रेष्ठ पनि टिममा परेनन् ।

सुरज जिउ ठकुरी, कमल थापा, गौतम श्रेष्ठ, आयुष घलान र मनिष डाँगी पहिलोपटक टिममा परेका छन् । त्यसबाहेक सुमन अर्याल, पुजन उपरकोटी र नितिन थापा टिममा फर्किएका छन् । आगामी महिना इराकसँग हुने मैत्रीपूर्ण र विश्वकप छनोट खेलका लागि नेपालले बुधबारबाट प्रशिक्षण थालेको छ । नेपालले मे २९ मा बासरा अन्तर्राष्ट्रिय मैदानमा इराकसँग खेल्ने तालिका रहेको छ । त्यसपछि नेपालले फिफा विश्वकप छनोट र एसियन कप छनोटका बाँकी तीन खेल्नेछ । अब नेपालले कुवेतमा हुने छनोटको बाँकी खेलअन्तर्गत नेपालले जुन ३ मा ताइपेइ, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ । नेपालकाे राष्ट्रिय टोली कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले सम्हालिरहेका छन् ।

बन्द प्रशिक्षणमा डाकिएको नेपाली टिम :

गोलरक्षक : किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की ।

डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, रजिन धिमाल, गौतम श्रेष्ठ, निशान खड्का, अमित तामाङ, सुमन अर्याल, विकास खवास ।

मिडफिल्डर : विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, नितिन थापा, सन्तोष तामाङ, सेसेहाङ आङदेम्बे, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान, विवेक बस्नेत, रवी पासवान ।

फरवार्ड : भरत खवास, अभिषेक रिजाल, अन्जन विष्ट, दर्शन गुरुङ, नवयुग श्रेष्ठ, आशिष लामा ।